१७ मङ्सिर (आइतबार ) २०७४ श्रीमान पुजनिय गुरुज्यु सादार नमस्कार एवं पत्र दर्शन समर्पित छ। उपराेक्त सम्बन्धमा विशेष भन्नु पर्दा हजुर सहित हजुरको सबै परिवार सदस्यहरूलाई पनि अाराम रहि कुशल नै हुनुहुन्छ हाेला भनि दयालु भगवान समक्ष प्रार्थना गर्दछु ।साथै यहाँ म पनि अाराम कुशलै छु । खास कुनै उल्लेखनीय विषय लेखिएको छैन तर पनि हजुरले बाल्यकाल देखि माध्यमिक स्तरसम्म दिनु भएको शैक्षिक शिक्षा अथवा नैतिक ज्ञानहरूबाट अाज सम्म सफलताको कामनामा श्रेय भइरहेको छु । शास्त्रिय उपदेशमा भनिएका छन् : गुरु पुजनिय हुन्छन् हुनुपर्छ गुरु अादरणीय हुन्छन् हुनुपर्छ । गुरु एउटा घरको झ्याल समान हुन त्यसैले झ्यालबाट दृश्य देखिन्छ तर सबै संसार देखिन्न । एउटा गुरूकुलबाट मात्रै सबै सत्य प्राप्ति हुदैनन् । तर पनि हजुरले जे जति शिक्षा र ज्ञान दिनु भयो त्यो नै मेरो लागि पर्याप्त छ । सायद हजुरले बिसर्नु भयो होला या ख्याल गरिरहनु भएकै हाेला हजुर मै यथावत् हाेला तर मैले भुलेकाे छैन । हजुरले पढाउनु भएको हर कक्षागतलाई अात्मासाथ लिएको छु र अाउने समयमा पनि गुरूकुललाई अात्मिय सम्मानका साथ अविरल सम्झाना गरिरहने छु । बेलाबेलामा विगतका ती स्कुलकाे जिवनलाई यादमा उतार्ने गर्छु अहिले नै ताजा नै छन् जस्तो अाभास हुन्छ । संगै पढेका मित्र साथीहरू अाफ्नाे अाफ्नाे भाग्य र समयले कतिपय ठूला पदपद्धतिमा कार्यदिशा हाेलान र कतिपय साधारण राेजगारीमा ब्यवस्थित हाेलान । त्यो भाग्यले भनम या समयको फल भनम जस्तो निधारमा लेखिएर अाएकाे हुन्छन् त्यहीँ विधिमा निर्भरतामा छौ । फलस्वरूप म पनि अहिले विरानाे मुलुकमा वैदेशिक राेजगारमा अस्थाई कार्यरतमा ब्यस्त छु । सर हजुर समक्ष एउटा कुरा अथवा जिज्ञासा राख्न चाहेको हुदा अफ्ठेराे वा झिनाे नमानि दिनु हाेला यसमा विनम्र गर्दछु ताकि हाम्रो स्याङ्जा जिल्लाकाे मध्यनजर राख्दै र यसमा हजुरहरू जस्तो बुद्धिजीवीसंग राजनीतिक परामर्श राख्न चाहादा कतिपय विधि विधानमा प्रक्रिया अपुर्व हाेला हजुरको एउटा विध्यार्थी भएको सम्बन्धले कहाँ कुन ठाउँमा प्रक्रिया मिल्दैन त्यस ठाउँमा सच्याउन अनुरोध गर्न चाहान्छु ताकि हजुरको विध्यार्थीलाई अगाडि बढ्दा कुनै किसिमको बाधा अड्कल नहाेस यसमा हजुरले सहयोग , समर्थन दिशानिर्देश दिनुहुन्छ कि भन्ने अाशा प्रकट गर्दछु । सर्वप्रथम स्याङ्जा जिल्लालाई एउटा परिवर्तनको खाका काेर्ने होनाहार लगाएत अग्रिम प्रतिनिधित्वकाे खाचो छन् ताकि स्याङ्जा जिल्लालाई मुलुककाे एक विकास र समृद्धकाे नमुना जिल्ला क्षेत्र हाेस भन्ने स्याङ्जा बासी र युवाहरूकाे अग्रिम चाहाना हो । यश प्रक्रियालाई हजुरहरू जस्तो बुद्धिजीवी विवेकशील पात्रहरूकाे मुख्य समावेशी हुनु अति अावस्यकता देखिन्छ र जागरूकता हुन जरुरी छन् । राजनैतिक परिभेषमा क्रियाशील नेता ज्युहरू मात्रै नभएर राजनीतिक बुद्धिजीवी ,शैक्षिक क्षेत्रका विद् बुद्धिजीवी र सामाजका समाजसेवी माननीयहरूकाे प्रमुख अग्रसरता भएर स्याङ्जा जिल्लाकाे विकास र समृद्धि तिर उन्नतिका अग्रिम गति लियोस भन्ने हजुरहरूसंग जिज्ञासा, अपेक्षित र सुझाव लिन जाहेरी गरेको हु । सम्पूर्ण अादरणीय बिधालयका अभिभावक शिक्षक शिक्षाका सम्मान साथ हजुरहरू समक्ष यो सानो सुझाव अथवा बहसको सुप्रिम सन्देश समरप्रित गराउनु चाहान्छु । सर्वप्रथम बिधालय भनेको कस्तो संस्था हो र कस्तो विषयमा अध्यन गरिन्छ ? मैले हजुरहरू जस्तो अनुभवी र शिक्षित ब्यक्तिमा पर्दिन रै पनि बिधालय ज्ञान विज्ञान पढ्ने र पढाइने पाठकाे शाला हो । हजुरहरूले अनैतिकताको सिद्धान्तले बिधालय र शिक्षालाई महा भुल र बेइज्जत गर्नु हुदैछ । एउटा ज्ञानकाे शास्त्र भएर स- सना बालबालिका बिध्यार्थीहरूलाई विज्ञानको अौजार पढाउने र सिकाउने समयमा वा शिक्षालाई उपहास गराई गन्दगी राजनैतिक काे दाउपेज सिकाउनु भनेको शैक्षिक क्षेत्रलाई निस्त्रिय बनाउनु हो । हो कुनै सम्माननिय ब्यक्तिकाे उपस्थिति हुदा स्वागत समारोहमा बिधालयकाे प्रांगण शैक्षिक सिद्धान्तबाट सम्मानित गर्नुपर्छ त्यो तपाईंहरूको दायित्व र प्रक्रिया हो ।यो होइन कि चुनावी माहोलमा बिध्यार्थीहरूलाई प्रचारप्रसारकाे अस्त्र र प्रयोग गर्ने एउटा शिक्षाको गुरूले शिक्षा माथि अांचारहिनता किन गरियो ? के पुस्तकमा हजुरहरूले यसरी नै राजनीतिक पाठ्यक्रममा पठनपाठन गर्नुपर्नेछ भनेर अध्यन गर्नु भएको थियोे र? दुनियाँमा कुन मुलुकमा यसरी बिध्यार्थीलाई राजनीतिककाे चुनाव प्रचारप्रसार प्रयोग गरिएको छन् ? यद्यपि तपाईंहरूलाई राजनीतिक गर्नु नै लालचि छ भने शिक्षक पेसागत त्यागेर राजनैतिक संस्थामा प्रवेश गर्न सक्नु हुन्छ तर भविष्यकाे मुलुकका विज्ञान प्रतिष्ठानलाई अांच अाउने घिनौना ब्यवहार नगर्नु हाेला । कयौं शिक्षित युवाहरूले तपाईंहरूको जस्तो बिधालयमा पढाउने अवसर नपाएर वैदेशिक राेजगारमा जानुपर्ने बाध्य छन् । अनि अवसर पाउनेहरूले यसरी तन मन र विवेक नै राजनीतिकमा चासो गरेर कसरी बालबालिकाहरूले शैक्षिक क्षेत्रमा शिक्षा र याेग्यता हासिल गर्लान् त? म एक वैदेशिक राेजगारी भएको हैसियतले तपाईंहरू जस्तो पुस्तककाे ज्ञानिहरूलाई सुझाव दिनुु नपर्ने हो कि?राय र सुझाव दिदा र लिदा लज्जास्पद हुने होइन र ??
छिमेकी मुलुकमा शैक्षिक क्षेत्रलाई राजनीतिक बाट निस्तेज र काेसौ टाढा राखिएको छन् त। हाम्रो समाज र बिधालयमा किन राजनीतिककाे माहोल खडा गरिन्छ ? हस यति भन्दै अथवा यो लेखलाई टुङग्याउनु अाज्ञा चाहान्छु फेरि पनि अनुरोध गर्न चाहादै स्मरण गराउछु गुुरूवर्गहरू प्रति फर्सीकाे लहरामा घिराउलाे फल्दैन र फलाउने सपना नदेख्नु हाेला । ।।धन्यवाद । हस त यो मेरो पत्र सम्पाद यहीँ र यति कै मा टुङग्याउन अाज्ञा चाहान्छु । धन्यवाद
हजुरकाे पुर्व विध्यार्थी - यादव सुवेदी हाल युएई दुबई ।
.