• उदयपुर फागुन २०
    युनिक व्याडमिन्टन क्लब चौदण्डिगढि नगरपालिका ५ सिवाईको आयोजनामा तीन दिन देखि सूरु भएको दोस्रो उपमियर कप व्याडमिटन प्रतियोगीता सोमबार सम्पन्न भएको छ । उदयपुर लगायत अन्य विभिन्न जिल्लाबाट सहभागीता जनाएको प्रतियोगीताको मेन्स डबलको उपाधि सुनसरीका भजन चौधरी र श्रवण चौधरीको जोडिले हात पारे । त्यसैगरी फस्ट रनरअप विनय चौधरी र जोन चौधरीको टोली भए ।

    त्यसैगरी सेकेण्ड रनरअप तर्फ सनी चौधरी र विमल खड्का र लक्ष्मण कटुवाल र शम्भु चौधरीको टोली भए । यता भेट्रान्स तर्फ योगेश्वर चौधरी र किरन प्रधान धनकुटाको टोलीले उपाधि हात पारेका छन् । यता फस्ट रनरअप तर्फ वल बहादुर कार्की र चित्र थापाको टोली भए त्यसैगरी सेकेण्ड रनरअप तर्फ दिपक राई र रमेश भट्टचन र विष्णु ढुंगेल र नवराज खड्काको टोली भए । विजयी प्रतियोगीलाई चौदण्डिगढि नगरपालिकाका प्रमुख खगेन्द्र राई, उपप्रमुख रिता चौधरी, वडा नम्मबर ५ का वडाध्यक्ष देवनारायण चौधरीले पुरस्कार वितरण गर्नु भएको थियो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…