उर्लाबारी । थ्रीस्टार क्लबका डिफेन्डर एबं राष्ट्रिय टिमका सदस्य रञ्जित धिमाललाई गृह नगरमा सम्मान गरिएको छ ।
उर्लाबारी टे«निङ सेन्टरले सोमबार मोरङको उर्लाबारीमा नगद १५ हजार रुपैयाँसहित सम्मान गरेको हो । सेन्टरका बरिष्ठ सल्लाहकार निरज लामाले नगदसहित खेलाडी धिमाललाई सम्मान गरेका छन् । फुटबलको माध्यमबाट उर्लाबारीको नाम देश तथा विदेशमा परिचित गराउन सफल भएकाले खेलाडी धिमाललाई सम्मान गरेको सेन्टरका अध्यक्ष विशाल तामाङले जानकारी दिए । धिमाल ए डिभिजन लिगमा उत्कृष्ट डिफेन्सरको रुपमा पुरस्कृत भएका थिए । उर्लाबारी फुटबल क्लबका उत्पादन धिमालले उत्कृष्ट खेल प्रस्तुत गर्दै आएका छन् । उर्लाबारी–६ निवासी धिमालका दाजु विजय धिमाल पनि थ्रीस्टारबाट खेल्छन् । विजय पूर्व राष्ट्रिय खेलाडी हुन् ।