• उर्लाबारी । मोरङको उर्लाबारीमा सञ्चालित उर्लाबारी मेयर कप फुटवलको सोमबारको खेलमा वडा नं. ४ विजयी हुँदै सेमिफाईनलमा प्रबेश गरेको छ ।
    उर्लाबारी – ६ स्थित राधिका माध्यमिक विद्यालयका खेल मैदानमा भएको खेलमा वडा नं. ८ लाई २ – १ गोल अन्तरले हराउँदै वडा नं. ४ सेमिफाईनलमा पुगेको हो । वडा नं. ४ को जितमा सन्तोष चौधरी र लेखु संकरले गोल गरेका थिए । वडा नं. ८ का लागि बादल धिमालले एक गोल फर्काएका थिए ।

    मंगलवार  वडा नं. २ र ३ बीच प्रतिस्पर्धा हुने आयोजक उर्लाबारी फुटवल क्लबका सचिव भिष्म बुढाथोकीले जानकारी दिए । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५० हजार रुपैयाँ र उपविजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकका संयोजक विशाल तामाङले बताएका छन् । उर्लाबारी फुटबल क्लबको आयोजनामा दोस्रो पटक मेयरकप फुटबल आइतबारदेखि सुरु भएको हो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…