२०७४ मंसिर १९ मंगलवार
भोग र रोगबाट बचाउन बस्ती धाउनु पर्छ।
अब देशमा गरीबको सरकार आउनु पर्छ।।
छलबाजी होइन यथार्थका कुरा गर्नु छ सधैं।
रमाइलो होइन भोका पेटले दाना पाउनु पर्छ।।
धेरै भए बिचार बिमर्श यो देशमा हेर्ने गरौं।
पक्का पक्की गरीबदुखिको बास छाउनु पर्छ।।
दिनदुखी मानिसहरूले पनि हाम्रो मुलुक भित्र।
गास बास र कपासको अधिकार पाउनु पर्छ।।
गल्ती माथी गल्ती भयो बरु पराजय भोग्नु परोस्।
वर्गसंघर्षको माझमा निमुखाको दिन आउनु पर्छ।।
-बाँफिकोट गाउँपालिका १ रुकुम हाल घोराही उपमहानगरपालिका १० दाङ