१९ मङ्सिर,मंगलबार (२०७४)
तत्कालीन नेकपा(माओवादी)ले सुरुवात गरेको दस बर्से जनयुद्धको राप र ताप रामेछापमा पनि राम्रै लागेको थियो।त्यही राप र तापको प्रभावका कारण रामेछापको बेथान प्रहरी चौकीमा आक्रमण गरि सुरुवात गरियो।जहाँ तिर्थ,फत्त दिलमाया(तिफदी)सहिद भए।दिलमाया योन्जन अखिल(क्रान्तिकारी)रामेछाप जिल्ला समितिको पदाधिकारी स्तरमा रहि कामगरी रहनु भएको थियो।बेथान चौकी आक्रमण पछि उहाँ प्रथम विधार्थी महिला सहिद बन्नु भयो।अखिल(क्रान्तिकारी)रामेछाप जिल्ला समितिले एउटा महान योद्धा गुमाए सङै रास्टिय रुपमा आफ्नै किसिमको छवि बनाउन सफल भयो।अखिल(क्रान्तिकारी) र पार्टीको संगठन निर्माणको रफतार आफ्नै गतिमा लागि रहेको छ।तर आज सम्म पनि सायद अखिल(क्रान्तिकारी) केन्द्रिय समिती तथा छात्रा विभागमा समेत रेकर्ड छैन होला। प्रथम विधार्थी महिला सहिद दिलमाया योन्जनको नाम,त्यही भएर आज सम्म मैले दिलमाया को नाम सुनेको छैन कसैको मुखबाट। जनयुद्धको विकास संगै रामेछापमा पनि युद्ध मोर्चाको बिकास तीब्र रुपमा बद्दै गयो।अखिल(क्रान्तिकारी)रामेछापको बिकास पनि तिब्र गतिमा बद्दै गयो,त्यही सहिद दिलमायाको महान योगदानको कथा सुनाउदै र आज सम्म पनि हाम्रो नियती तै छ,अझै केही समय यस्तै रहने छ।नेतृत्वहरु परिवर्तन हुँदै गए दिलमायाको कथा सुन्दै सयौ दिलमाया जन्मिए र गुमनाम प्राए भए तर दिलमाया सम्मान केबल कथा सुनाउनु भन्दा बढी केही छैन नत दिलमायाको कथा सुनेर दिलमाया बन्नेहरुको रेकर्ड नै छ,जिल्ला समिति र जिल्ला पार्टी सङ।आज सम्म रामेछाप जिल्ला समितिको १६ वटा जिल्ला स्तरीय सम्मेलन पश्चात् अध्यक्ष बानाइएको छ।तर जिल्ला समिति तथा जिल्ला पार्टी सङ आज सम्म कोको आय र कस्ले के नया गरे भन्ने रेकर्ड छैन।रामेछाप विधार्थी आन्दोलनले जन्माएको नेता आज केही भन्दा बाहेक गुमनाम छ।नत पार्टीले खोज्छ न बिद्यार्थीहरुले नै खोज्ने प्रयत्न गरेको छ।सक्रिय राजनीति गर्ने बिद्यार्थी नेताहरूलाई पनि आज बिद्यार्थीले चिन्दैन उ बिद्यार्थी आन्दोलन कै उत्पादन हो भनेर।केही सिमित छ्न जस्लै सबैले चिन्छन।ती हुन शिशिर,गोबिन्द।जस्ले रामेछापको प्राय सबै स्कुलमा आफ्नो उपस्थित जनाएको थियो।तर यी नेता दोयलाइ नि रामेछाप बिद्यार्थीमा टिक्न गाह्रो पर्यो,तत्कालीन पार्टी इन्चार्ज राजन दाहालको पेलानमा गोबिन्द रामेछाप छाड्नु बाध्य भयो र राजधानीमा जोडिनु पर्यो भने शिशिर पनि पछिल्लो समय पार्टी फुट सङै गए र पुन मुल पार्टी मा पार्टी एकीकरण पछि ध्रुवीकरण भएको छ।तर दुबै बिद्यार्थी संगठन बाट बाहिरीएको छ।पार्टीको जिम्मेवारीमा आफ्नो जिम्मेवारी पूरा गर्दै छन।गोबिन्द घिमिरेले रामेछाप छोडे पछि १५ औं जिल्ला समिति को आयोजना गरि मनोज केसि लाई अध्यक्षको जिम्मेवारी दिइयो।त्यसपछि मनोज केसिले केही स्कुल भन्दा बाहेक संगठन निर्माणमा ध्यान दिन सकेन।केन्द्रिय समिति र राज्य समितिको तिब्र दबाब को बाबजुद १६औ जिल्ला समिती को आयोजना गर्न नसकी राजकुमार बस्नेतको संयोजग मा अखिल(क्रान्तिकारी) रामेछाप जिल्ला समितिको गठन गरियो।त्यस पश्चात् जसरी संयोजक भयो झण्डै ४ बर्ष रामेछापको एक्लो क्रान्तिकारी बिद्यार्थी नेता भएर बिताए। आज १५औ जिल्ला समितिको निर्वाचित अध्यक्ष मनोज केसिले १६औ जिल्ला सम्मेलन गर्न नसकेर राजकुमार बस्नेत लाई संयोजक बनाइयो त्यस पछि राजकुमार भन्दा रामेछापमा एकजना पनि सथिहरु सक्रिय रहेन र नया साथी बन्दा पनि बनेन।त्यही कन्त विजोक अवस्थालाई अत्य गरि क्रान्तिकारी लाई क्रान्तिकारी बनाउनका लागि हामी तीन भाइ भिस्मराज,राजन र सन्जयले रामेछाप जिल्ला पार्टी र अखिल(क्रान्तिकारी) केन्द्रिय नेताहरु सङ छलफल गर्यौं।सबैको निर्कस रामेछापमा बिद्यार्थी नेता नभएको र त्यहा भएको हरु परिचालित नहुने पाइयो।र हामी गएर संगठन निर्माणको नेतृत्व लिनुपर्ने सुझाव र आग्रह भयो।त्यस पश्चात् हामी जिल्लामा गयौ र बेथान स्मृतिको दिन बाट अबियानमा लागेउ र जिल्ला व्यापी रुपमा हामिले क्रान्तिकारीको लहर ल्याएयौ।१६औ जिल्ला सम्मेलन को दरो आधार तयार भयो। १६ औ जिल्ला सम्मेलन कुनै पनि हालतमा गर्ने र रामेछाप जिलामा क्रान्तिकारी शानदार उपस्तिथि निर्माण गरेरै छाद्ने हाम्रो अठोट लाई सबै गाउँ स्तरमा उत्साह जनक सहयोग तथा साथ पार्टीका नेताहरूले गर्नु भयो।हाम्रो अबियानमा साथ दिन प्रज्वल कमरेड पनि आइपुग्नु भो अब हामी दुई हल भयौ।हामी दुई हल जोडीको उत्साह र उमंगले रामेछापमा पार्टी र संगठनका अल्छी हरुको मन र मस्तिष्क पुरै हल्लिए छ।अब बर्वात भो हामिलाइ सक्ने भो भन्ने भए छ,र हामी माथी आरोप लगाउन थालिए छ।मन्थलीले हामिलाइ लगाएको आरोप: १.हामी राजधानी केन्द्रित रामेछापेली नेता को गाेटि उनीहरुको वर्चस्व खोस्न आका। हामी माथी गरिएको षड्यन्त्र: १.हामिलाइ रामेछापमा टिक्न नदिने, २.बसिहाले कान्छो जिल्ला सदस्य बनाउने। यो हामी माथी मन्थलीले गरेको गोप्य षड्यन्त्र रहेछ।तर मन्थली ७५%सफल भयो आफ्नो षड्यन्त्र कार्यवन गर्न हामी चै १०० मा १०० सफल भयौ १६ जिल्ला सम्मेल गराउन।त्यही पनि y.c.l लाई चुनौती दिएर हाम्रो लाइन मा y.c.l आयो।तत्काल गृहमन्त्री शक्ति बहादुर बस्नेत लाई प्रमुख अतिथी बनाएर दुबैले संयुक्त उत्घाटन समारोह गरियो।प्रयाप्त रुपमा संगठन निर्माण पनि नगरी हतार हतार बिद्यार्थी लाई सम्म नेतृत्व गर्न आइपुग्यो।बन्द सत्र फरक फरक भो।y.c.l मन्थलीको हितमा थियो १-२ घन्टा भित्रै नेतृत्व चयन भो तर बिद्यार्थीको त्यो अबस्था रहेन दुइदिन सम्म रिहर्सल भै रहयो र लाष्ट मा बिद्यार्थीको केन्द्रीय टिम पनि मन्थलीको योजनामा झुक्यो र काइते निर्णय गरि सम्मेलन सकियो।बिद्यार्थीको उत्साह लाई पुरै निस्तेज गर्ने गरि इन्द्र बहादुर तामाङको नेतृत्व मा ३५ सदस्य जिल्ला समिति घोषणा गरियो,जुन घोषणा मा नै सिमित भयो पुर्णता नपाउदै भङ भयो।बिद्यार्थीका केन्द्रिय नेताको स्वार्थ का कारण रामेछाप क्रान्तिकारी फेरि तहस नहस भयो।राजधानी केन्द्रित केही नेताको आड र आफ्नो स्वार्थ अनुकुल नभए पछि दिपक देवकोटा इन्चार्ज र बिजय गौतम सम्योजक रहेको ३.नम्बर प्रदेश समितिले अपमान जनक रुपमा इन्द्रबहादुर तामाङ नेतृत्वको जिला समितिलाई भङ्ग गरि भीष्म राज को सम्योजक मा जिला समिती रहेको निर्णय गरो।जस्ले रामेछाप बिद्यार्थी आन्दोलन र बिद्यार्थीको पुरै अबमुल्लेन गरियो,फलस्वरूप आज रामेछाप जिला समिति सुन्य मा परिनत भएको छ। न बाच्न सक्छ न मर्न नै सक्छ,केवल ढुकढुकिकाे अवस्तामा छ। भोलि अखिल(क्रान्तिकारी)रामेछाप जिल्ला समितिमा यसरिनै सदरमुकाम र राजधानीको भिडन्त जारि रहे अखिल( क्रान्तिकारी) रामेछाप जिल्ला समिती सधै कोमामा रहने छ र पार्टी एकता भए विलए निश्चित छ।अब तत्काल १७ जिल्ला सम्मेलन गरि विबाद मुक्त र योग्य नेतृत्वको चयन आवश्यक छ।वाम एकताले अखिल(क्रान्तिकारी) रामेछाप जिल्ला समितिलाई खाइदिने निश्चित छ।मन्थली र राजधानी केन्द्रित नेताको भिडन्त बन्द गर।
श्रेष्ठसन्जय
निवर्तमान सह सचीव अखिल( क्रान्तिकारी)
रामेछाप जिल्ला समिति रामेछाप न.पा-४ हिमगङ्गा हाल थापाथली काठमाडौ