• सुनसरी । किरात राई यायोक्खाको केन्द्रीय अध्यक्ष दिवस राईले प्रदेशको नाम किरात राख्न गाउँ गाउँबाट दवाब दिनुपर्ने बताए । किरात राई विध्यार्थी संघ बुधबार (आज) महेन्द्र बहुमुखी क्याम्पस धरान इकाइ सुनसरीको आयोजनामा संघको ९ औं राष्ट्रिय सम्मेलनको प्रचार स्वरुप आयोजित सरसफाई कार्यक्रममा अध्यक्ष राईले सो कुरा बताएका हुन । किरात कुनै जाती वा सम्प्रदाय नभएको उल्लेख गर्दै नेपालको इतिहास, भूगोल र सभ्यता भएको बताए । त्यो इतिहासको संरक्षण र सभ्यताको सम्झनाको लागि प्रदेशको नाम किरात राखिनुपर्ने अध्यक्ष राईले बताए ।

    कार्यक्रममा संघको केन्द्रिय अध्यक्ष बिर्सिका राईले ९ औं राष्ट्रिय सम्मेलनको प्रचारको अभियानसँंगै प्रदेशको नाम किरात लेखाउन प्रदेश सभालाई दबाब दिन लागिरहेको बताए । विध्यार्थीहरुले पूर्वी नेपालको हरेक क्याम्पसहरु मार्फत विभिन्न कार्यक्रमहरु मार्फत दवाव दिदै आएको बताए । कार्यक्रममा संघको निवर्तमान अध्यक्ष तथा यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई, संघको वर्तमान उपाध्यक्ष जितेन राई, सहकोषाध्यक्ष सन्तोष मुक्मिन राई, क्याम्पस स्ववियु सभापाति सागर चेम्जोङ लिम्बू, सुनसरी जिल्ला अध्यक्ष समिप साम्पाङ राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संघको इकाइ अध्यक्ष हेमराज राईको सभापतित्वमा भएको थियो । विद्यार्थीहरुले क्याम्पस परिषर सफा गर्नुको साथै ५ वटा डस्टविन राखेको छ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…