उर्लाबारी । दुर्घटनामा परि घाईते भई आर्थिक अभावले श्रीमान अस्पतालमै समस्या भएपछि उर्लाबारी ५ कुमारी राईले सहयोगको याचना गरेकी छिन् ।
हाल सम्म १२ लाख रुपैंया सकिएपनि अझै उपचारमा खर्च नपुगेको र हस्पिटलले पैसा बुझाउन भनेपनि अभावले नसकिएकोले समस्या भएको राईको भनाई छ । श्रीमान शितलको टाउकोमा गम्भिर चोट लागेको छ । उनको झापाको बिएण्सी हस्पिटल प्रालिमा उपचार भईरहेको छ । श्रीमती कुमारीले सहयोग जुट्यो भने मात्र आफ्नो श्रीमानलाई घर फर्काउन सकिने बताईन् । हामीसँग अरु बिकल्प छैन,आँखाभरी आशु पार्दै उनले भनिन्,खान लगाउनैको समस्या छ । उपचारमा कसरी सहयोग गर्ने ?
https://www.facebook.com/1534564696851045/videos/299695044061755/