१९ मङ्सिर ,मंगलबार,२०७४
अब दुई दिन मात्रै बाकी छ दोश्रो चरणको प्रदेश सभा निर्वाचन सम्पन्न हुन त्यसपछि मुलुकको नया राज्यव्यवस्था उद्घाटन हुदैछ।जतासुकै बम बिस्फोटका खबरहरु आइरहेका छन।उम्मेदवार लक्षित बम आक्रमण यस्तैयस्तै मोड्मा मुलुकको राजनितीले जटिलताको सामना ब्योहोर्न विवश छ।हामिलाई लाग्छ मुलुकले धेरै कष्टहरु सामना गर्यो अब त्यस्ता कष्टहरुको सामना कसैले गर्नु नपरोस।दुनियाँ कहाँ बाट कहाँ पुगिसक्यो हामी हाम्रै आन्तरिक तिक्तताका ज्वालाहरुमा जल्दै छौं।एकै देशका नागरिक हामी हामी बिचका बेमेलहरुले मुलुकलाई भयावह परिस्थितिमा पुर्याउने हो कि ?
यस्तै प्रश्नहरु हाम्रो माथ नै गर्हुङ्गो बनाउने गरि आइरहन्छन्।हामी कहिले हाम्रा तिक्तताका असन्तुष्टिका भुङ्राहरु निभाउन सक्छौं र नेपाल आमालाई शान्तीको आभाष गराउन सक्छौं अनि हाम्रा पिडादायी घाउहरुमा मल्हम लगाउन सक्छौं भन्ने भावनाका कौतुहलतालाई यतिबेला म इलाम जिल्लाको मेची अन्चलबाट नियाल्दै छु।देश भित्र कहिले प्रज्वलित हुन्छ आम जनताले भरोसा गरेका आशाहरुको उदय,मौलिक सस्कृती र समृद्धिको अभ्युदय? विश्वले बैज्ञानिक युगको सुत्रपात गरिरहदा हामी भने हाम्रै झोरहरुमा फसिरहेका छौं।हाम्रै बलिदानीहरुलाई खिज्याउदै छौं।आखिर यो कहिलेसम्म?कसले दिन्छ यी अनुत्तरित प्रश्नहरुले बोकेका नाजवाफ मौन उत्तरहरु भनेर हामी सिंहदरबार र बालुवाटार तिर फर्केर झोक्राउन विवश छौं।
कोहि दलित भनेर हेपिएका छन,कोहि महिला भएर पुरुषवादी समाजका हिंसात्मक आक्रमणहरुको सामना गरिरहेका छन त कोहि धनीको हेपाइमा कोहि सामन्तीको खेदाइमा आखिर यो कहिलेसम्म??हामी सबैले अनेकतामा एकताका हातेमालो नगरुन्जेल हाम्रा अपेक्षाहरु गायब हुन के बेर?
किन पड्काइन्छ बम?किन गरिन्छ आक्रमण ?एकै देशका हामी नेपाली बिच किन भरिन्छन विद्रोहका धुवाहरु?आज सहिद परिवारले अपेक्षा गरेको परिवर्तन सहिद घाइते,बेपत्ता सम्म पुगेको छैन।ती सहिदकी आमाको आखाको आँसु ओभाएको छैन,ती सहिदका लालबालाहरुले राम्रो भोटो फेर्न पाइरहेका छैनन् तर मुलुकले राज्यव्यवस्थाका भोटाहरु धेरै फटाइसक्यो,सिंहदरबार र बालुवाटारमा फोटोहरु धेरै झुन्ड्याइए तर जनताको जिवनस्तरलाई समृद्द बनाउने जीवन बुटिहरु नझुन्ड्याइएका सत्यहरुले हामिलाई लखेटीरहेको छ ,आखिर यो कहिलेसम्म?
हामीले प्रश्नहरु कति मात्रै गर्नु ,सुन्नेले नसुनिदिदा ,आवाज बिहिनहरुको आवाज बेवारिसे अवस्थामा कहिलेसम्म पछारिनुपर्दछ भनेर नेपाली राजनितीलाई प्रश्न हामिले धेरै वर्षहरु देखि सोधिरहयौ।यदि अझै पनि झुट र बहानामा हाम्रो राजनितीले हामिलाई ढाटीरहयो भने आत्मघाती बमहरु इराक र अफगानिस्तानमा झै नेपाल भुमिमा नपड्कियोस भन्ने कामना म जस्ता महिलाहरुले कहिलेसम्म गर्ने ?हाम्रा सन्तानहरु एम्बुसको भयमा कहिलेसम्म बाच्ने??
आलेख रचयिता भट्टराई शिक्षिका हुनुहुन्छ।