• २०७४ मंसिर १९,मंगलबार।(खोटाङ )

    केन्द्रीय एवं माथिल्लो निकायबाट सम्पादित भईरहेका काम,कर्तव्य,अधिकार र जवाफदेहितालाई कानुनद्वारा नै स्थानीय स्तरमा वा राज्यको तल्लो एकाईमा प्रत्यायोजन गर्ने कार्य प्रक्रिया विकेन्द्रीकरण हो ।
    शैक्षिक विकेन्द्रीकरण स्थानीय समुदायहरु विद्यालय प्रति उत्तरदायी भइ निर्णय प्रक्रियामा सहभागी हुन पाउनेगरि शिक्षाको सबै अधिकार कानुनद्वारा नै निक्षेपण गर्नु हो । शैक्षिक विकेन्द्रीकरण को अन्तिम ध्येय विद्यार्थी केन्द्रित सिकाई र विना भेदभाव सबै बालबालिकाका निम्ति अनुकूल मैत्रीपूर्ण वातावरण सिर्जना गरि सुधारिएको पठनपाठन गर्नु हो ।
    उत्तरदायित्व,सहभागीता,अपनत्व,दिगोपना,शैक्षिक सुशासनको अनुभुती शैक्षिक विकेन्द्रीकरणका मुख्य विशेषता हुन्। विद्वानहरुका स्रोतलाई अाधार लिएर हेर्दा विकेन्द्रीकरणका चारअोटा क्रम छन ।
    -प्रत्यायोजन
    -छनौट
    -निक्षेपण र
    -निजीकरण ।

    नेपालीको शैक्षिक विकेन्द्रीकरण त्यति पुरानो छैन ।शिक्षाको विकास र विस्तारको युग भनेर फ्रान्सेली इतिहासकार सिल्वान लेभिले दिएको मिति २००७ साल पछि मात्रै यसको चर्चा भएको पाईन्छ ।
    शैक्षिक विकेन्द्रीकरणको हाल सम्मको अवस्थालाई यसरी चर्चा गर्न सकिन्छ ।

    विद्यालय शिक्षा तर्फ :-

    प्रत्येक गाउँ /नगरले अाफ्नो क्षेत्रभित्र अाफ्नै स्रोतबाट पुर्व प्राथमिक विद्यालय स्थापना गर्ने ,स्थापना गर्न अनुमति दिने तथा सञ्चालन व्यवस्थापन गर्ने ।साथै गाउँ /नगर भित्र सञ्चालनमा रहेका विद्यालयको रेखदेख र व्यवस्थापन गर्ने ,मातृभाषामा प्राथमिक शिक्षा उपलब्ध गराउन सहयोग गर्ने कानुनी व्यवस्था छ।(स्थानीय स्वायत्त शासन ऐन,२०५५)
    -प्रत्येक समुदायलाई कानुनमा व्यवस्था भए बमोजिम मातृभाषामा शिक्षा पाउने हक हुनेछ ।(नेपालको संविधान,२०७२)
    -स्थानीय व्यक्तिहरू को संलग्नतामा विद्यालय सञ्चालन ,रेखदेख र व्यवस्थापन गर्ने विव्यस र शैक्षिक गुणस्तर कायम राख्ने शिक्षक अभिभावक सघको व्यवस्था गरिएको छ।
    - पाठ्यक्रम सम्बन्धमा १००पुर्णाक को स्थानीय वा मातृभाषामा पाठ्यक्रम लागू भएको छ भने सामाजिक सिर्जनात्मक कला र शारीरिक को २०% पाठ्यक्रम विद्यालयमा नै तयार गरि लागू भएको छ। सो को स्वीकृति भने जिल्ला पाठ्यक्रम समन्वय समितिले गर्ने छ।

    - शिक्षक व्यवस्थापन अन्तरगत अस्थायी शिक्षक,निजी स्रोत शिक्षक,प्रअ नियुक्ति ,शिक्षकको कासमु शिक्षकलाई तालिममा छनोटको काम विव्यस बाट भएको छ।
    - प्रविधिक शिक्षातर्फ प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम दिने संस्थालाई स्वीकृति परिषद्ले दिने छ।
    -योजना निर्माणमा विव्यस, विद्यालय सुधार योजना ,गाउँमा गाउँ शिक्षा योजना र जिल्लामा जिल्ला शिक्षा योजना निर्माण गरिन्छ ।
    -परीक्षा सञ्चालनमा स्वायत्तता प्रदान गरिएको छ।
    -स्थानीयको संलग्नतामा सामुदायिक अध्यायन केन्द्र स्थापना र सञ्चालन गर्ने कानुनी प्रावधान छ।
    यस्ता धेरै स्वायत्तता रहेको शैक्षिक विकेन्द्रीकरणका केही थप संभावनाहरु पनि छन:-
    -स्थानीय लोकतान्त्रिक शैक्षिक अभ्यास र लोकतन्त्रको पहिलो पाठशाला ।
    -जनसहभागिता अभिवृद्धि र शिक्षामा सबैको पहुँच
    -शैक्षिक सुशासन
    -स्थानीय साधन र स्रोतको समुचित प्रयोग ।
    -अाफ्ना काम अाफै सम्पादन र अाफ्नो समस्या अाफै समाधान ।
    -पुर्ति अाधार अन्त र मागलाई भरपुर सम्बोधन ।
    -न्यायोचित शैक्षिक सेवा प्रवाह
    -शैक्षिक पारदर्शिता
    -सबैको हुने कसैको नहुने ।
    -नीति निर्माणमा सबैका संलग्नता । जस्ता प्रशस्तै संभावना रहेका छन ।तर यी संभावना साक्षी साकार पार्न धेरै चुनौतीहरु पनि छन।ती चुनौती लाई यसरी निहाल्न सकिन्छ :-
    -स्थानीय निकायले माध्यमिक शिक्षाको सम्पुर्ण अधिकार पाएपनि उक्त निक्षेपित कार्य सम्पादन गर्न क्षमता भएका जनप्रतिनिधि नहुनु ।
    -अवधारणागत अस्पष्टता हुनु।
    -ऐन नियमावलीहरु बिचमा दोहोरोपना
    -राजनीति हस्तक्षेप
    -मनोबैज्ञानिक कम्जोरीहरु
    -तत्परता
    -पुर्वधार
    -कर्मचारी नीति ।
    -शिक्षकले गर्ने चेन रेसिस्ट।
    -वितिय विकेन्द्रीकरण नहुनु ।
    -लक्ष्यित वर्गमा सेवा प्रवाह चुनौतीपूर्ण पक्ष हुन शैक्षिक विकेन्द्रीकरणका।
    यस्ता सबै पक्षमा उचित व्यवस्थापन गर्न सकेको खण्डमा संघियतामा शैक्षिक सुशासन समेत कायम रहने र शैक्षिक परिवर्तन हुने प्रायः निस्चित छ।

    लेखक/विश्लेषक :- सुनिल निरौला
    ठेगाना :- खोटाङ बराहपोखरी गापा-३ साउने चौर।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …