• रतुवामाई नगरपालिका कै नमुनाको रूपमा रहेको राष्ट्र निर्माण सेकेण्डरी बोडिङ स्कुलले  हिजो राष्ट्रनिर्माणको २१ औ बार्षित्सब तथा टिनी ब्रेन एक्स्पो २०७५ सम्पन्न गरेको छ । सो बिधालय परिसरमा बिधार्थीहरूले बिभिन्न बिज्ञान प्रदशनी,खानाका प्रकार,कला,सस्कृति झल्काउने सामाग्री,खेल लगायतका प्रर्दशनी राखेका थिए ।

    उक्त बिधार्थीहरूको बिभिन्न कलाकौशल तथा प्रर्दशनी अवलोकन गर्न आएका अभिभावकहरूले बिधालय र बिधार्थीहरूको प्रसंसा गर्दै भविष्यमा यस बिधालयले बैज्ञानिकहरू जन्माउने प्रवल संभावना रहेको प्रतिऋिया दिएकाछन् ।

    बिधालयका अभिभावक रतुवामाई नगरपालिका वडा नं। १० का रामप्रसाद श्रेष्ठले बिधार्थीले प्रगती गरेको देख्दा खुशी लागेको बताउनुभयो । उहाले यतिको कला कौशल अहिलेसम्म कसैले देखाउन नसकेको समेत दाबी गर्नु भयो ।
    आफ्ना छोराछोरीको विज्ञान प्रर्दशनी हेर्न आउनु भएकी उर्लाबारी नपा ९ कि अनिता भट्टराईले छोराछोरीहरूले यति राम्रा ज्ञान शिप कला र खाना बनाउने तरिका जानेको देख्दा सार्है खुशी लागेको बताउनु भयो । जस्तो बिधालयको नाम त्यस्तै राष्ट्रलाई सहयोग पुग्ने बिधार्थीहरूले कला देखाएको धरणी गौतम बताउनुहुन्छ ।

    रतुवामाई नपा १० का गौतम भन्नुहुन्छ( यो राष्ट्र निर्माणका बिधार्थीहरूको कला हेर्दा खेरी एउटा राम्रो जुन राष्ट्र निर्माण नाम छ,त्यैे सम्बन्धित सुहाउदो काम गरेको जस्तो लाग्छ अत्यन्तै हर्षित छु ।

    अभिभावक रतुवामाई नपा १० कि सिता रेग्मीले पनि बिधालय र बिधार्थीहरूको तारिफ गर्न पछि पर्नु भएन । उहाँले हामीले कतिपय नजानेका नदेखेका कलाका माध्यमबाट हेर्न पायौ यस्तै गर्दै गएमा उनीहरूको प्रतिभा बिकास हुदै बैज्ञानिक बन्न सक्ने संभावना रहने बताउनुभयो । khadga bedana

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…