• मोरङको उर्लाबारी नगरपालिका ९ स्थित ज्ञान उदय इङलिस बोर्डिङ स्कुलले ९ औ वार्षिक उत्सब तथा अभिभावक दिवस भब्यताका साथ मनाएको छ।
    सो कार्यक्रममा विद्यार्थीहरले विभिन्न प्रतिभाहरु गित, नृत्य,कविता तथा मनोरञ्जनात्मक नाटक समेत देखाएका थिए। साथै बिधालयले बिभिन्न समयमा गरेको प्रतियोगितामा बिजयी बिधार्थीहरुलाई पुरस्कार समेत बितरण गरेको थियो ।
    उक्त कार्यक्रममा उपस्तिथित दर्शकलाई अल्छी लाग्ने समय एक सेकेन्ड पनि थिएन। सो कार्यक्रम नेकपाका नेता तथा समाजसेवी बल बहादुर घिसिङ को प्रमुख आथित्यता तथा बिध्यालयका प्रिन्सिपल सोभित खड्काको सभापतित्वमा भएको थियो। प्रमुख अतिथि घिसिङले कार्यक्रममा बोल्दै निजी बिधालय चलाउनु अहिलेको समयमा फलामको चिउरा चपाउनु सरह रहेको बताउनु भयो । उहाँले आफु सधै सत्य,निश्पक्ष कुरा राख्ने भएको हुदा कतिपयलाई तितो लाग्ने भएपनि आफु सधै स्थानिय क्षेत्रको बिकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो ।
    सो कार्यक्रममा महाराज आधारभूत बिध्यालयका भुपु प्रअ पसुपती बुढाथोकी र हिमालय आधारभूत बिध्यालयका प्र।अ ललित बस्नेत लगायतले मन्त्व्य राख्नु भएको थियो, साथै आरम्भ नाट्य डबली कला साहित्य मंचका सस्थापक अध्यक्ष प्रेम भण्डारीले आफ्नो बेजोड नृत्य तथा बासुरी बाधन सुनाएर सुनाएर दर्शकलाई मनोरञ्जन दिनुभएको थियो।
    उक्त बिध्यालयमा अध्ययनरत बिधार्थीहरुले नाटक हजुर आमाको कथा समेत मञ्चन गरेका थिए।
    उक्त नाटक बिध्यालयका प्रिन्सिपल शोभित खड्काको लेखन तथा सोभित खड्का र राजिव थापाले निर्देशन गर्नु भएको थियो । उक्त नाटकमा निर्जल थापा,प्रज्वल कार्की,रितिका थापा स्नेहा खड्का लगायतले बेजोड अभिनय गरेका थिए । उक्त नाटकले कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथि, अभिभावक , विध्यार्थी , शिक्षक तथा दर्शकको मन लोभ्याएको थियो।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…