• २०७४ मंसिर २० बुधवार मोरङ । रातोकलम सम्बादाता 


    निर्वाचन जित्ने बाहानामा मोरङ—३ मा देशको प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाको हस्ताक्षर भएको फर्जी सदस्यता जबरजस्ति वितरण भएको खुलेको छ ।

    पुरानो मिति राखेर मैन अवधिमा पनि रातिराति जवरजस्ति सदस्यता वितरण भइरहेको हो । नेपाली कांग्रेसका स्थानीय नेताहरुले बिभिन्न पार्टीका नेता कार्यकर्ताहरुको नाममा जवरजस्ति कांग्रेसको सदस्यता वितरण गरेको पाइएको हो । मोरङ—३ अन्तरतग पथरीशनिश्चरे नगरपालिका—९ नम्बर वडा घर भएका जन समाजवादी पार्टीका केन्द्रीय सदस्य मिलन लिम्बू लगायतको घरमा कांग्रेसको सदस्यता पत्र जवरजस्ति वितरण गरेको सो संगठनले जनाएको छ ।

    आफू पार्टीको लागि भोट माग्न गएको बेला घरमा आएर परिवारलाई जवरजस्ति सदस्यता छाडेर गएको लिम्बूले बताए । जन समाजवादी पार्टीका कार्यकर्ताहरु रविन तामाङ, वीरबहादुर तामाङ, टंक तामाङ, सुनिता तामाङ लगायतको घरमा जवरजस्ति कांग्रेस पार्टीको सदस्यता छाडेर गएको रविन तामाङले बताए । नेपाली कांग्रेस सम्बद्ध छिमेकी खन्तरे लिम्बूले तामाङ लगायतका परिवारमा घरलौरी यस्तो सदस्यता जवरजस्ति वितरण गरेको वीरबहादुर तामाङले बताए ।

    सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहेको १०२११९३, १०२११९६ लगायतका नम्बर भएको फर्जी सदस्यता रसित वितरण भएको हो । एकापटी सदस्यता वितरण गर्ने हस्ताक्षर, वीचमा शेरबहादुर देउवा र अर्को छेउमा प्राप्त गर्नेको हस्ताक्षर गर्ने ठाउँ रहेको छ । फरक—फरक व्यक्तिको नाममा छाडिएको रसिदमा प्राप्त गर्नेको हस्ताक्षर भने एकै प्रकारको रहेको छ ।

    जन समाजवादी पार्टीका केन्द्रीय सदस्य मिलन लिम्बूले आज विहान पथरीमा पत्रकार भेटघाट गरेर सो कार्यको भ्रत्सना गरेका हुन् । कांग्रेसले आफ्नो कार्यकर्ताहरुलाई जवरजस्ति सदस्यता वितरण गर्दै पार्टी प्रवेशको हल्ला मच्चाएको बताए । मौन अवधिमा समेत एउटा सदस्य बराबर १ लाख बराबरको स्वास्थ्य विमा गरिदिने भन्दै कांग्रेस कार्यकर्ताहरुले फर्जी सदस्यता वितरण गरिरहेको वीरबहादुर तामाङले बताए । सुवासराज काफ्नेको नेतृत्वमा रहेको जन समाजवादी पार्टी, सीपी मैनालीको नेतृत्वमा रहेको नेकपा मालेसँग चुनावी तालमेल गरेको छ । मोरङ ३ मा मालेको चुनाव चिन्ह हँसिया र तारा चिन्हमा मिशन सेर्पा प्रदेश सभाको लागि उमेद्वार रहेका छन् ।

    त्यसै गरेर पथरीशनिश्चरे—१ एकता चौकमा एमाले समर्थकहरु रेखा राई, देउमाया राई लगायतलाई पनि स्वास्थ्य विमाको रसिद भन्दै सदस्यता वितरण गरेर कांग्रेसमा भोट मागेको स्थानीय सुन्दरकुमार पुडासैनीले बताए । मौन अवधिमा आफ्ना कार्यकर्ताहरुलाई समेत रसिद वितरण भएको माओवादी केन्द्रका नगर सदस्य भुवनसिंह लिम्बूले बताए ।

    उता उर्लाबारीमा बाम गठबन्धनको चन्दा आतंक,भइरहेको लोकतान्त्रिक गठबन्धनको आरोप छ


    निर्वाचन आयोगको आचार संहितालाई चुनौती दिँदै चुनावको निहुँ पारेर बाम गठबन्धनले उर्लाबारीका व्यापारीसँग ‘जबरजस्ती’ रुपले चन्दा असुल्न सुरु गरेका छन् ।

    नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले उर्लाबारीका व्यापारीसँग चन्दा असुल्न शुरू गरेको पीडित स्वयंले गुनासो गरेपछि यस्तो तथ्य बाहिर आएको हो । वाम गठबन्धनका आर्थिक कमिटी संयोजक तोर्ण श्रेष्ठको हस्ताक्षर सहितको पत्र देखाउँदै एक व्यापारीले भने, ‘चन्दा दिनुस् भनेर वाम गठबन्धनको एउटा टोली चिठ्ठी छाडेर गएको छ, चन्दा दिएपनि/नदिएपनि चुनावपछि मूल्यांकन गर्ने भनेर घुमाउरो भाषामा ‘थ्रेट’ दिए, यो त एक खालको आतंक नै हो ।’

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…