२०७४ मंसिर २० बुधवार मोरङ ।
कानेपोखरी गाउँपालिका—६ मोरङमा आज विहानै दुई वटा सकेट बम फेला परेको छ । बिहिबारे र पौडेल चौकमा बम फेला परेपछि सेनाको डिष्पोजल टोलीले विष्फोज गरेको हो । विहान करिव ६ बजे स्थानीयबासीले प्रहरीलाई खबर गरेपछि सेनाको टोली बोलाएर विष्फोज गरिएको इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर विजय श्रेष्ठले बताए । करिव एक किलोमिटरको दुरीमा फेला परेको थियो ।
विहानै दुई स्थानमा बम फेला परेपछि स्थानीयवासीमा आतंक फैलिएको कानेपोखरी गाउँपालिकाको प्रमुख ताराबहादुर काफ्लेले बताए ।