• लन्डन/लिम्बु समुदायको परम्परागत धर्म र सँस्कृति सङ्कटमा परेको भन्दै प्रवासमा रहेका युमा साम्योवादीहरू सङ्गठित भएका छन् । विभिन धार्मिक समूहहरूले मौलिक पहिचान नामेट गरेको आरोप लगाउँदै उनीहरू एक ठाउँ आएका हुन् ।

    बिहीबार विश्वभरका डेढ दर्जन बढी मुलुकहरूको प्रतिनिधित्व रहेन गरी युमा साम्यो महासभाको अन्तर्राष्ट्रिय समन्वय समिति पनि घोषणा गरिएको छ । समितिका संयोजक लोकेन्द्र तबेबुङले प्रेस विज्ञप्ति जारी गर्दै २६ सदस्यीय तदर्थ समिति निर्माण भएको जानकारी गराए । समितिमा १२ मुलुकहरूका अभियानकर्मीहरू रहेका छन् । महासभाको सह–संयोजकहरूमा नरेन्द्र माबुहाङ(यूके) र शिव पयाङ्गु(दक्षिण कोरिया), महासचिवमा धनराज साम्याङ्खाम (यूएई), सचिवमा दिपेन चेम्जोङ (यूएई), मिडिया सचिवमा अमित थेवे (यूके), अर्थसचिवमा दिलसिङ मेन्याङ्वो (यूके), सह अर्थसचिवमा युगशिला चोङवाङ क्याक (हङकङ) रहेका छन् ।

    त्यस्तै, सदस्यहरूमा मान तबेबुङ (यूके), दिल पालुङ्वा (यूके), गणेश केरूङ (दक्षिण कोरिया), वली येक्तेन (साउदी अरब), विक्रम तुम्बापो (साउदी अरब), विकेन पालुङ्वा (साउदी अरब), नीता चेम्जोङ (लेबनान), उदय चोङवाङ क्याक ‘पूर्वेली’ (मलेसिया), सुमन येक्तेन ‘केसाङ्ला’ (मलेसिया), सुजन तिल्लिङ मादेन (जापान), पदम चेन्जी माबो (जापान), टीका माखिम (हङकङ), राजु लिम्बु (हङकङ), देवी बहादुर इमेहाङ ‘जेडी’ (युएई), मच्छिन्द्र मुदेन्छङ साँवा (सिङ्गापुर), दिलिप वनेम (सिङ्गापुर), अर्जुन येक्तेन (कुवेत) र वीरेन जवेगू (कतार) रहेका छन् ।

    याक्थुङ भनेर साँस्कृतिक रूपमा चिनाउने लिम्बु समुदायमा धर्मको महलमा पछिल्लो पटक गरमागरम बहस सुरु भएको छ । २०६८ को राष्ट्रिय जनगणनामा अधिकांश लिम्बुहरूले किरात उल्लेख गरेका छन् । यद्यपि, महासभाले गत बैशाखमा धरानको अन्तर्राष्ट्रिय सम्मेलनमार्फत लिम्बु समुदायको परम्परागत धर्म भनेर युमा धर्मलाई घोषणा गरेका थिए । सम्मेलनमा नेपाल, भारत, बर्मा, यूरोप, हङकङ, अमेरिकाका प्रतिनिधिहरू समावेश थिए । गत पुसमा मात्रै महासभाले दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै लिम्बु समुदायको धर्म, मुन्धुम र दर्शनसँगै सँस्कारका संवाहक मानिने फेदाङ्मा, साम्बा, येबा, येमाका मुन्धुम र आचारसंहिताबारे सघन छलफल चलाएको थियो । नवगठित अन्तर्राष्ट्रिय समितिका महासचिव धनराज साम्याङ्खामले संस्थाले मूलथलो र प्रवासमा रहेका समुदायहरूबीच सेतुको काम गर्ने जनाए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…