उर्लाबारी । मोरङको उर्लाबारीस्थित नमुना वाल गृहलाई उर्लाबारी ९ भोटेपुल निवासी मुना गुरुङले नगद २५ हजार ५ रुपैंया सहयोग गर्नुभएको छ । गृहमा एक कार्यक्रममा विच मुनाले उक्त नगद गृहकी अध्यक्ष मिना बराललाई हस्तान्तरण गर्नुभयो ।
अनाथ तथा असाहय वालवालिकालाई आश्रय दिएको वाल गृहलाई सहयोग गर्न पाउदा खुशी लागेको मुनाले बताउनुभयो ।
उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अरनिको हस्पिटल प्रालिका अध्यक्ष लोलिम पोमु,सञ्चार क्लव नेपालका अध्यक्ष सरोज बस्नेत,महासचिव किशोर श्रेष्ठ,भीम लिम्बू लगायतको उपस्थिती रहेको थियो ।
मेयर फागोले सहयोग प्रति धन्यवाद दिदैं नमुना वाल गृहलाई सबैले सहयोग पुर्याउनु पर्ने बताउनुभयो ।