• (बिहिवार) २१ मङ्सिर ,२०७४ बिक्रम सम्बत २०३३ साल पुस १८ गते रुकुम जिल्लाको मुसिकोट नगरपालिका स्थित सेरिगाउमा बुवा स्कन्द शर्मा र आमा नर्मदा शर्माका ३ छोरा र ३ छोरी मध्य कान्छी छोरीको रूपमा श्रद्यय योद्धा नारायणी शर्मा (क.प्रतीक्षा)को जन्म भयो।

    उहाँ १९ वर्षको हुनुहुन्थ्यो त्यतिनै बेला निरङ्कुस राजतन्त्र विरुद्ध तत्कालीन नेकपा माओवादीले भुमिगत जनयुद्धको घोषणा गर्यो र उहाँ १९ वर्षको उमेरमा निरङ्कुस राजतन्त्र विरुद्द लड्न महान जनयुद्धमा सरिक हुनुभयो।उहाँले नेपालको पहिलो महिला स्क्वाट कमान्ड तथा तत्कालीन लडाकु दलको सदस्यको जिम्मेवारी बहन गर्दै विभिन्न स्थानमा दर्जनौं मोर्चाहरु कस्नुभयो।



    दुश्मनका कहालीलाग्दा घेराहरु तोड्दै एम्बुस र सेबोटेज द्वारा दुश्मनलाई धावा बोल्दै युद्ध मोर्चामा हाजिर कमरेड प्रतिक्षाले डोल्पाको दुनै,डोल्पाकै सग्रतारा,रुकुमको राडी लगायत स्थानहरुबाट दर्जनौं मोर्चाहरु वीरताका साथ लड्नुभयो र भयंकर मृत्युहरुलाई जित्दै कहिलेपनी विचलित नभै उच्च साहस र बलिदानीका साथ दुश्मनका धरापहरुलाई ध्वस्त गर्दै निरङ्कुस राजतन्त्रको अन्त्यको निमित्त आफुलाई देश र जनताको मुक्तिका लागि सदैव समर्पित गर्नुभयो ।

    उनै योद्दा कमरेड जसको वीरताको कहानी जति लेखे पनि कमै हुन्छ।उहाँ जस्तै अजर अमर हजारौं प्रतिक्षाहरुका बहादुरीले आज हामी लोकतान्त्रिक गणतन्त्र नेपालका स्वतन्त्र जनता बन्न पाएका छौं भने शताब्दी लामो राज गरेको राजतन्त्रको समुल अन्त्य भैसकेको छ।

    उनै योद्धा कमरेडलाई लाखलाख सलाम र हार्दिक नमन गर्दछु।यिनै महान इतिहास जसले आज नौलो बिहानीको सुत्रपात गरेको छ र मुलुकले नया राज्यव्यवस्थाको खाका कोरेको छ।

    १० वर्षे महान जनयुद्दमा काधमा बन्दुक र कम्मरमा खुकुरी भिरेर बमगोला र बारुद बोकेर दुश्मनको निरङ्कुस राज्यसत्ता ध्वस्त पार्न आफ्नो जिवनलाई हत्केलामा लिएर बलिभेदीमा चढ्नुभएकी महान योद्धा कमरेड आदरणीय दिदी प्रतिक्षाको यो तस्वीरले इतिहास बारे मनग्य वीरता र बलिदानबारे बोल्छ र त आजको युगको उदयकर्ता हाम्रा यी महान योद्धाहरुको नाम लिदा पनि हृदयको गहिराइ देखि गौरव अनुभूति बोध हुने गर्दछ।

    लालसलाम आदरणीय महान योद्दा कमरेड हाम्रो दिदी नारायणी शर्मालाई ।हजुरहरु नै यो देशको भुत,भविष्य र बर्तमान हुनुहुन्छ साथै इतिहासमा बलिरहने अजर अमर दिप हुनुहुन्छ ।इतिहासले हजुरहरुको महान बलिदानीलाई स्वर्ण अक्षरले अवश्यम्भावी लेख्ने नै छ भन्दै यी लेखेर कहिल्यै पूरा नहुने हरफहरुलाई अहिले यहि नै बिट मार्दछु।

    -भोटेचौर,सिन्धुपाल्चोकबाट
    लक्ष्मण चौलागाईं

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…