(बिहिवार )२१ मङ्सिर,२०७४
आगो झोंस्यो निष्ठुरीले, मेरो छाती चुलो बनाई
बाहिर हाँसू कसोरी म, भित्र मुटु जलाई जलाई ।
मेरो उजाड जिन्दगीमा, बाहार थियो उस्को मायाँ
मन फेर्यो पापिनीले, बनाइदियो घाम छायाँ
मध्य रातमा फोन गरी, मलाइ घृणा गर्छु भन्यो
उल्का परयो मेरै माथि, जिन्दगी नै चोट बन्यो ।
पीडा खप्न नसकेर, रनाहामा दौडिदै छु
दिन रात एकैनासले, आँसु भेलमा पौडिदै छु
ऐया आत्था सुनाउँ कसलाई, कठै भन्ने बैरी भयो
दुस्मनको किल्ला सम्झी, आगो लगाई छाडी गयो ।
हाल : प्रवास (कतार )