• चैत १, पथरी
    नयाँ वर्षको स्वागत गर्दै नेपाली भाषी भुटानी युवाहरुको आयोजनामा पथरीमा पूर्वाअञ्चल स्तरिय खुल्ला नृत्य प्रतियोगिता हुने भएको छ ।
    आगामी वैशाख १ गते आयोजना हुन लागेको सो प्रतियोगितामा सामुहिक र एकल दुई विधामा सम्पन्न हुने वताइएको छ ।
    प्रतियोगिताका दुवै विधाका विजेतालाई ट्रफी,नगद र सम्मान पत्रले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
    सामुहिक तर्पm प्रथम हुने समुहले १५ हजार १५ रुपैँया , दोश्रो हुने समुहले नगद १० हजार रुपैँया प्राप्त गर्ने छ । एकल तर्पm भने प्रथम पुरस्कार १० हजार रुपैँया र दोश्रो पुरस्कार ५ हजार रुपैँया नगद निर्धारण गरिएको प्रतियोगिता संयोजक करण राईले वताए ।

    प्रतियोगितामा निर्णायक कोरियोग्राफर गोविन्द राई , छमछमि रनर अप मनिता राई लगायत रहने आयोजकले जानकारी दियो । प्रतियोगिता पथरी शनिश्चरे १० मा रहेको भूटानी शरणार्थी सिविरको विद्यालयमा संचालन हुने भएको छ ।
    नेपाली भाषा, संस्कृति संरक्षण र सम्बद्र्धधनका लागि प्रतियोगिता आयोजना गरिएको संयोजक राईले बताए ।
    प्रतियोगितामा भाग लिन दुवै विधाका लागी क्लव वा कुनै संघसंस्थाको सिफारीस अनिवार्य रहेको र प्रतियोगिता खुल्ला भएकोले कुनै शुल्क नलाग्ने आयोजकले बताएको छ ।
    अनुमानित २ लाख रुपैँया खर्च हुने कार्यक्रममा तेश्रो मुलुक पूर्नवास भएका नेपाली भाषी लगाायत स्थानियको पनि सहयोग रहेको आयोजकको भनाई छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…