• कुमार खड्का चैत १, पथरी ।

    किरात राई खेलकुद संघ मोरङ” को आयोजना भएको जिल्ला क्याम्पस स्तरीय महिला भलिवल प्रतियोगितामा ठगी भएको छ ।
    मोरङ जिल्लाको ६ वटा क्याम्पसको सहभागितामा आयोजना गर्ने भनेर गत फागुन २६ गते पत्रकार सम्मेलनमा संघकी अध्यक्ष निता राई कुलुङले वताएता पनि अन्तयमा २ वटा निजी विध्यालयको सहभागिता गराउदै खेलको आयोजना गरि ठग्न खोजेको भेटिएको छ ।

    कार्यक्रममा उर्लावारी वहुमुखी क्याम्पस र पथरी बहुमुखी क्यापसको साथमा पथरीको एभरेष्ट माध्यमीक विध्यालय र रेडस्टार माध्यमिक विध्यालय लाई अन्तिम समयमा टेलिफोन गरि मौखीक रुपमा जानकारी गराउदै खेलमा सभागिता जनाईदिन आग्रह गरेको दुवै विध्यालयले जनाएको छ ।



    क्यापस स्तरीय प्रतियोगिता सञ्चालन गर्ने भन्दै राईको अगुवाई विभिन्न संघ–सस्था र स्थानिय सरकारको कार्यलयहरुमा समेत सहयोगको लागि पत्र काटेको भेटिएको छ ।
    तर प्रतियोगिता सो स्तरको नभएर माध्यमिक तहका स्कुल हरुलाई संलग्न गराई खेलको नियम विपरित सञ्चालन गर्दै ठगि गर्न खोजिएको छ ।
    यसरी दिउसै खुल्ला चौरमा स्थानिय सरकारकै अगाडी नियम विपरित खेल सञ्चालन गरि सर्वसाधरणको आखाँमा छारो हाल्ने काम हुदा समेत सम्वधित सहयोग गर्न तयार हुने संघ–सस्था भने मौन रहेको छन् ।

    १ लाख ७० हजार अनुमानित खर्च आँकलन गरिएको सो प्रतियोगितामा पुरस्कारमा पहिलो राशि १५ हजार र दोस्रो राशि १० हजार खर्च गरिएको छ भने एउटा स्पिीकर वक्स भएको साउण्ड सिस्टमा ६ हजार र स्टेजमा १५ हजार खर्च भएको अध्यक्ष कुलुङले बताईन



    मार्यादा विपरित सम्पन्न भएको सो प्रतियोगितामा सहयोग गर्ने प्रतिवद्धता जनाएका स्थानिय सरकार प्रमुखहरु भने यो खवर सुनेर आश्र्चय चकित परेको वताए ।
    संघले सहयोगका लागि पत्र पठाएका स्थानिय सरकारहरु पथरी शनिश्चरे नगरपालिका र रतुवामाई नगरपालिका प्रमुखले खेलको नियम विपरित सञ्चालन भएको प्रतियोगीतामा आफूहरुले कुनै प्रकारको सहयोग नगर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

    खेल सञ्चालनका लागि लाग्ने खर्च मध्ये सहयोगका लागि पथरीशनिश्चरे नगरपालिकामा २५ हजार र रतुवामाई नगरपालिकामा १० हजार रुपैयाको प्रपोजल पेस गरेको “किरात राई खेलकुद संघ मोरङ” जिल्ला अध्यक्ष निता राईले वताईन् ।
    अन्य सहयोग व्यक्तिगत रुपमा र काठमाण्डौमा रहेको रिक्यालस कम्पनीले १९ हजार सहयोग गरेको उनले वताईन जुन रकम खेल सुरु हुनु भन्दा अगावै खर्च भईसकेको उनको भनाई रहेको ।

    पूर्व निर्धारित खेल तालिकामा समावेश भएका कुनै समुह उपस्थित नभएको खण्डमा उपस्थित भएका समुह हरु विच नै प्रतियोगिता गराउनु पर्ने अन्तर्राष्ट्रिय प्रशिक्षण लेभल कोच दोस्रो तहका प्रशिक्षक अञ्चल धिमालको तर्क छ ।
    बिहीवार सम्पन्न खेलमा उर्लाबारी क्याम्पसले पथरी बहुमुखी क्याम्पसलाई २५—१४, १८—२५ र २६—१५ को सेटमा पराजित गर्दै प्रतियोगिताको उपाधि उचालेको थियो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…