• इलाम १ चैत्र : मेची नेत्रालय झापा इलाममा जारी पाँचौ अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको अन्तिम क्वाटरफाइनल खेलको अतिरिक्त समयमा समेत बराबरीमा खेल समाप्त भएपछि टाइबेकरका आधामा चार तीन गोल अन्तरले मेची नेत्रालयले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
    मध्यान्तर अगाडिको खेल बराबरीमा रहेपनि मध्यान्तर पछिको १२ औ मिनेटमा आर्मीका जीतेन्द्र कार्कीले गोल गरेका थिए । खेलको लगभग अन्तिम समयमा मेची नेत्रालयका विकास राइले गोल गरि खेल बराबरीमा रोकेका थिए ।
    १४ मीनेट थप भएको अतिरिक्त समयमा समेत गोल हुन नसकेपछि टाइबेकरका आधारमा मेची नेत्रालय विजयी बनेको हो ।
    मेची नेत्रालय झापाका गोलकिपर दिनेश थापा मगर आजको खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
    प्रतियोगिता अन्तरर्गत शनिबार पहिलो सेमिफाइनल खेल दाउफीन्स फूटबल क्लव क्यामरुन र नेपाल पुलिस क्लवबीच दिउसो तीन बजेबाट हुने भएको छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…