•  





    (बिहिवार )२१ मङ्सिर,२०७४




    तिखार्नु पर्दैन बनका काडा
    उ गर्भ बाटै तिखारिएर आउँछ
    थोरै छोपी देउ मुलाको बिजलाइ
    उसलाइ चाहिने खाल्डो आफै खन्दछ ।


    फूलहरुमा रंग छर्नु पर्दैन
    सुभाष भर्नु पर्दैन
    रोप्नु पर्दैन ,मल छर्नु पर्दैन
    बन भरी लटरम्म आफै फूलिदिन्छ फूल
    मगमग सुभाष आफै छरिदिन्छ फूल ।

    सुर्यलाइ आउ भन्नू पर्दैन, जाउ भन्नु पर्दैन
    पुर्ब बाटै उदाउ ,पश्चिममा अस्ताउ भन्नू पर्दैन
    आफ्नै गतिमा निरन्तर-निरन्तर

    खै कहिले देखि अनवरत
    उज्यालो ,अँध्यारो गराउने जिम्मा लिएर
    म उठ्नु भन्दा अगाबै
    मेरो घरको कौसिमा झुल्किसकेको हुन्छ ।

     शिबहरी खतिवडा " अन्जान"
    बु.न.पा १२ कपन, काठमाडौ

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…