• रातोकलम सम्बाददाता
    झापा, चैत्र २ ।
    मुलुकको कानुन मिचेर स्क्याभेटर प्रयोग गरि नदिवाट निर्माण सामाग्रीको दोहन गरेको अभियोग शनिवार राति झापाको शिवसताक्षीबाट एउटा स्क्याभेटर मेसीन सहित ३ वटा ट्याक्टर प्रहरीले वरामद गरेको छ ।
    नगरको वडा नम्बर ९ स्थीत चिल्लागढबाट प्रहरीले कन्काई नदिको निर्माण सामाग्रीको उत्खनन् गरेको भन्दैे स्क्याभेटरका चालक सहित ट्याक्टर नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यलय झापाका अनुसार मे १ क ३७७ नम्बरको स्क्याभेटर सहित चालक प्रहरीको नियन्त्रणमा परेका हुन । मे १ त ५३५७ ,मे १ त २०४३ र मे १ त ५९४१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय झिलझिलेले जनाएको छ । प्रहरीले ट्याक्टर चालक स्थानिय विष्णु फुयँल फरार रहेको जनाएको छ ।
    नियन्त्रणमा लिएको ट्याक्टर र स्क्याभेटरलाई ईलाका प्रहरी कार्यलय झिलझिलेमा अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ । स्थानियबासीले पटक पटक फुयँललाई नदिवाट निर्माण सामाग्री उत्खनन् गर्दा स्क्याभेटर प्रयोग नगर्न गरेको आग्रह ट्याँक्टर मालिकले वेवास्ता गरेपछि प्रहरीलाई खवर गरेको वताए । प्रहरीले फुँयल लाई पक्राउ गर्न र कानुन वमोजिम कार्वाहि गर्न आवस्यक प्रक्रिया अघि वढाएको जनाएको छ ।
    सरकारले नदि बाट निर्माण सामाग्री उत्खनन् गर्दा स्क्याभेटर प्रयोग गर्न नपाईने कानुन वनाएको छ । तर, ढुवानि व्यवसायीले सरकारको नियम मिचेर जथाभावी स्क्याभेटर प्रयोग गरेर निर्माण सामाग्रीको उत्खनन् गर्दे आईरहेका छन । नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, प्रशोधन तथा बिक्री बितरण सम्बन्धी जिल्ला अनुगमन तथा समन्वय समिति झापाले नदिवाट वातावरण सम्वन्धी न्युनतम मापदण्ड समेत नपुर्याई स्क्याभेटर प्रयोग गरेर निर्माण सामाग्रीको दोहन हुने गरेको वताएको छ ।
    स्थानियबासीले प्रहरीेले नियन्त्रणमा लिएका ट्याक्टर स्क्याभेटर सहित त्यसका मालिक लाई अविलम्व पक्राउ गरि कानुनि दायरामा ल्याउन प्रसासन संग माग गरेको छ । स्थानियले प्रहरीले नियन्त्रणमा लिएका ढुवानि र उत्खनन् गर्ने साधन र साधनका मालिकलाई कुनै दवाव र प्रभावमा छाडिए अख्तियार जाने चेतावनी दिएका छन ।
    कानुनको खिल्ली उडाउदै नदिको दोहन गर्नेलाई पाँच वर्ष सम्म कैद , क्षति अनुसारको विगो र ५० हजार सम्म जरिवाना हुने व्यवस्था छ ।


सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …