• बाहुनडाँगी । नेपाल जेसीज क्षेत्र ‘क’ अन्तरगत रहेका ५ वटा शाखाको सयुक्त आयोजनामा   Effective Chairmanship and Parliamentary Procedure Training सम्पन्न भएको छ ।
    इन्द्रपुर जेसीज, गछिया जेसीज, पथरी जेसीज, बेलबारी जेसीज र प्रस्तावित रमाइलो जेसीजको सयुक्त आयोजनामा तालिम सम्पन्न भएको हो ।
    नेपाल जेसीजका ट्रेनर जेसीआई सिनेटर राजाबाबु शाहले सहभागिलाई प्रशिक्षण गराउनु भएको थियो । इन्द्रपुर जेसीजका अध्यक्ष भुवन ढकालको सभापतित्व तथा नेपाल कार्यकारीणी उपाध्यक्ष श्याम सुन्दर पौडेल मिलनको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा गछिया जेसीजका अध्यक्ष भोजराज रिजाल, पथरी जेसीजका अध्यक्ष मानबहादुर दियाली, बेलबारी जेसीजका अध्यक्ष दिपेन्द्र खुलाल, प्रस्तावित रमाइलो जेसीजका अध्यक्ष हेमप्रसाद तिम्सिनालगायत ९० जना शाखाका विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
    इन्द्रपुर जेसीजका कृष्ण ओझाले संयोजन गर्नु भएको कार्यक्रमको सञ्चालन इन्द्रपुर जेसीजका महासचिव विवेक न्यौपानेले गर्नु भएको थियो । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…