२२ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १०मा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार राजन केसीले बाम गठबन्धनकातर्फबाट माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई पछि पार्दै अग्रता लिएका हुन् ।
मतगणनामा राजन केसी १४५९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी हितमान शाक्यले ७९३ मत पाएका छन् । मालेका मालेको कृष्णकुमार श्रेष्ठले ७५ र बिबेकशील साझाका प्रदीप ढकालले ६३ मत पाएका छन् ।