• शुक्रवार,२२ मङ्सिर ,२०७४

    दशैंमा आउछु भनेको छोरा खै किन आएनौ
    बिदेशी भूमी साहुको काम कि छुट्टी पाएनौ?
    सयपत्री फूल्यो मार्सी धान झुल्यो घुम्दै छन् भमरा
    थालीको टीका सुकेर गयो ओइलाय जमरा।

    पिंढीमा बसी रोइरन्छु सधै त्यो बाटो हेरेर
    थाकेनन् आखाँ रातदिन रूदा तिमीलाई सम्झेर
    बिहानै उठी बुढा बा तिम्रा गइरन्छन् चौतारी
    मन बुझाई आउछन् देखेर तिम्रा संगैका दौंतरी।।

    कुन ठाऊमा जन्म दिएछु तिम्लाई अटेनौ देशमा
    बाउ आमा छाडी मन होला भारी बिरानो प्रदेशमा
    दुख र जिलो बनि र बुतो गरेर बसौला
    दुनिया अट्ने यो धरतीमा तिमी नी अटौला

    सपना देख्छु रातै र भरी फूल झरी गएको
    कालो र घोडा आएछ लिन मै चढी गएको
    सुनसानै भयो यो डाँडा पाखा तिमीलाई नदेख्दा
    गोठका गाई कराउन थाले तिमीलाई नभेट्दा।।

    आउ बाबु घर छोडीदेऊ बिदेश आजै होउ रवाना
    मनको चाह पुरा होस् तिम्रो यै शुभकामना
    हाँसी र खुशी भैरनु सधै शतुर नलागोस्
    देवीको कृपा रैरहोस् शिरमा दैव चै नलागोस्।
    हाम्रो नी उमेर तिमीलाई लागोस् आशीर्वाद तिमीलाई
    सबैको प्यारो बन्नु है छोरा आशीर्वाद तिमीलाई।।।
    बिजयादशमीको उपलक्ष्यमा देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूमा शुभकामना।।।।।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…