• २३ मंसिर, काठमाडौं।  प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम आउने क्रम जारी छ । मत परिणाममा अधिकांश स्थानमा बाम गठबन्धन विजयी भएका छन् ।

    काठमाडौँ–९मा वाम गठबन्धन विजयी


    काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं ९ नेकपा(एमाले)का कृष्णगोपाल श्रेष्ठ विजयी हुनुभएको छ ।
    वाम गठबन्धनका श्रेष्ठले २२ हजार ८५२ तथा उहाँका निकतटम प्रतिद्वन्द्वी ध्यानगोविन्द रञ्जीतले १४ हजार ८०२ र विवेकशील साझा पार्टीका मिलन पाण्डेले ९४६ मत ल्याउनुभएको निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो ।

    काठमाडौँ ३ मा राई विजयी


    काठमाडौँ । काठमाडौँ क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का कृष्ण राई विजयी हुनुभएको छ ।
    उहाँले १९ हजार १६९ र उहाँका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका अम्बिका बस्नेतले १४ हजार ८८४ प्राप्त गर्नुभएको छ । एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष राई काठमाडौँको अत्तरखेलमा जन्मनुभएको हो ।
    नेता नेपालको अग्रता 
    काठमाडौँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा एमालेका नेता माधवकुमार नेपालले प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले अगुवाइ गरिरहनुभएको छ ।
    हालसम्म गणना भएको २७ हजार ६१७ मध्ये नेपालले १३ हजार ८७० र नेपाली काँग्रेसका दीपक कुइँकेलले सात हजार २८२ मत प्राप्त गर्नुभएको छ । यस्तै विवेकशील साझा पार्टीका डा सूर्यराज आचार्यले चार हजार ७५७ मत प्राप्त गर्नुभएको छ ।

    धादिङ–१मा वाम गठबन्धन विजयी


    धादिङ । प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनका भूमि त्रिपाठी विजयी हुनुभएको छ ।
    निर्वाचन अधिकृत योगनाथ ढकालका अनुसार नेकपा(एमाले)का त्रिपाठीले ४९ हजार १२१ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९६८ मत ल्याउनुभएको छ । एक लाख १८ हजार १५० मतदाता रहेको क्षेत्र नं १ मा ७९ हजार ४२३ मत खसेको थियो ।
    प्रदेशसभामा सबै वामपन्थी 
    प्रतिनिधिसभा २ अन्तर्गत प्रदेशसभा (क)मा वाम गठबन्धनका डा रामकुमार अधिकारीले विजय हासिल गर्नुभएको छ । डा अधिकारीले २० हजार ३६३ र उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रमेश धमलाले १९ हजार १५ मत प्राप्त गर्नुभएको छ । एकसठ्ठी हजार ११८ मतदाता रहेको सो प्रदेशसभामा ४१ हजार ३४३ मत खसेको थियो ।
    प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेश (क)मा वाम गठबन्धनका राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३३२ मतसहित विजयी हुनुभएको छ । उहाँ काग्रेसका मधुकुमार श्रेष्ठभन्दा १३ हजार ६८५ मत बढी ल्याएर विजयी हुनुभएको हो । पैंसठ्ठी हजार ४५८ मतदाता रहेको सो प्रदेशमा ४३ हजार ५६४ मत खसेको थियो ।
    यसैगरी सो क्षेत्रको प्रदेशसभा(ख)मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्मरकट्टेल २३ हजार ३८२ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४०७ मत ल्याउनुभएको छ । बाउन्न हजार ६९२ मतदाता रहेको सो प्रदेशमा ३५ हजार ८५९ जनाले मतदान गरेका थिए ।
    प्रमुख निर्वाचन अधिकृत उमेश कोइरालाका अनुसार प्रदेशसभा २ (क)मा जगत सिंखडाले १७ हजार ६०५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका डम्बर तामाङले १५हजार ७७४ मत ल्याउनुभएको छ । चौवन्न हजार २३७ मतदाता रहेको सो प्रदेशमा ३५ हजार ६०७ जनाले मतदान गरेका थिए ।

    दार्चुलामा वाम गठबन्धन विजयी


    दार्चुला । प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का गणेशसिंह ठगुन्ना विजयी हुनुभएको छ ।
    प्रतिनिधिसभाको एक मात्र क्षेत्र रहेको दार्चुलामा ठगुन्नाले २८ हजार ९९८ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विक्रमसिंह धामीले २२ हजार २३३ मत प्राप्त गर्नुभएको छ ।
    त्यसैगरी जनसमाज पार्टी नेपालका धनबहादुर कँुवरले ६१०, नयाँ शक्ति नेपालका जीतेन्द्र महराले ३०८ र राष्ट्रिय जनमोर्चाका मनवीर दमाईंले ५१ मत प्राप्त गर्नुभएको छ । कुल खसेको ५४ हजार ५४७ मतमध्ये दुई हजार ३४७ बदर मत भएका छन् ।
    त्यसैगरी प्रदेशसभाको दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । प्रदेशसभा निर्वाचन क्षेत्र नं (क) मा गठबन्धन उम्मेदवार एमालेका गेल्बुसिंह बोहरा र (ख) क्षेत्रमा वाम गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का मानबहादुर धामीले अग्रता लिनुभएको छ ।

    डोल्पामा वाम गठबन्धनको पूरै विजय


    डोल्पा। डोल्पामा वाम गठबन्धनले पूरै स्थान हात पारेको छ ।
    प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक र प्रदेशसभा निर्वाचन दुई क्षेत्र गरेर तीन वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी भएको हो । प्रतिनिधिसभामा वाम गठबन्धनबाट नेकपा (एमाले)का धनबहादुर बुढा ११ हजार ७६१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अंगतकुमार बुढाले तीन हजार १६७ मत ल्याउनुभएको छ ।
    त्यसैगरी प्रदेश (क)मा वाम गठबन्धनबाट एमालेका नन्दसिंह बुढा पाँच हजार ४९० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका बेगमसिंह ठकुरीले एक हजार २१३ मत ल्याउनुभएको छ ।
    त्यसैगरी वाम गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का वीरबहादुर शाही छ हजार ४१४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुरेशबहादुर शाहीले दुई हजार १०५ मत ल्याउनुभएको छ ।

    सिन्धुपाल्चोकमा सापकोटा र तामाङ विजयी


    चौतारा। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकको क्षेत्र नं १ मा नेकपा(माओवादी केन्द्र)का अग्निप्रसाद सापकोटा ४० हजार ५०४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
    उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले २९ हजार ७९८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै क्षेत्र नं २ मा एमालेका शेरबहादुर तामाङ ३८ हजार ४०१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपा(प्रजातान्त्रिक)का पशुपतिशम्शेर जबराले ३० हजार ३६९ मत ल्याउनुभएको छ ।

    कालीकोटका प्रदेशमा वाम गठबन्धन विजयी


    कालीकोट। एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लाका प्रदेश (क)र (ख)मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
    प्रदेशसभा कबाट नेकपा (एमाले)का कुर्मराज शाही ११ हजार ९३५ मतले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टेकराज शाहीले चार हजार ७८९ मत प्राप्त गर्नुभएको छ ।
    त्यसैगरी प्रदेशसभा(ख)मा नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही १२ हजार १५३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँगे्रेसका कालीबहादुर सहकारीले नौ हजार ३४२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृष्णमुरारी शिवाकोटीले जानकारी दिनुभयो ।
    प्रतिनिधिसभा तर्फको मतगणनानुसार माओवादी केन्द्रका दुर्गबहादुर रावतले १४ हजार ३८ मतले अग्रता कायम गर्नुभएको छ भने काँग्रेसका भूपेन्द्रजंग शाहीले ११ हजार ४६ मत ल्याई उहाँलाई पछ्याइरहनुभएको छ ।

    एमालेका सुनुवार विजयी


    काठमाडौँ। ओखलढुंगा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका यज्ञराज सुनुवार ३२ हजार ५८० मत ल्याएर विजयी हुनुभएको छ ।
    नेकपा(एमाले)का सुनुवारका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका रामहरि खतिवडाले २७ हजार ३२७ मत प्राप्त गर्नुभएको ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभयो ।
    ओखलढुंगामा सुनुवार र खतिवडा दुवै लोकप्रिय नेता भएकाले कडा प्रतिष्पर्धा हुने अनुमान गरिए पनि मतगणनाको शुरुवाती अग्रता लिनुभएका सुनुवार अन्ततः फराकिलो मतान्तरले विजयी हुनुभएको छ ।
    एमाले केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्ला इञ्चार्ज सु्नुवार विद्यार्थी राजनीतिदेखि नै सक्रिय हुनुहुन्छ । विसं २०५३ मा रत्नराज्य क्याम्पस र २०५५ मा महेन्द्ररत्न क्याम्पस ताहाचलमा स्ववियु सभापति निर्वाचित सुनुवारले अनेरास्ववियु अध्यक्षमा ठाकुर गैरेसँग पराजित भएपछि जिल्लाको राजनीतिक यात्रा शुरु गर्नुभएको थियो ।
    ओखलढुंगामा एमालेको तीन पटक कार्यालय प्रमुख सुनुवार २०६४ मा ओखलढुंगा निर्वाचन क्षेत्र नं १ बाट संविधानसभा सदस्यमा पराजित हुनुभएको थियो । उहाँ विसं २०७० मा करिब तीन हजार ५०० मतान्तरले काँग्रेसका बालकृष्ण दाहाललाई पराजित गरेर विजयी हुनुभएको थियो । सुनुवार र खतिवडा दुवै प्रभावाशाली युवा नेताको पहिचान बनाएका नेता हुन् ।
    ओखलढुंगा प्रदेशसभा (क) मा एमालेका अम्बिरबाबु गुरुङ १८ हजार ९८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका मित्रसेन दाहालले ११ हजार ९०६ मत प्राप्त गर्नुभएको छ । प्रदेश (ख) मा भने मतगणना भइरहेको छ ।

    काठमाडौँ–४ मा काँग्रेसका थापा विजयी


    काठमाडौँ।काठमाडौँ क्षेत्र नं ४ मा नेपाली काँग्रेसका नेता गगनकुमार थापा विजयी हुनुभएको छ ।
    आज बिहान घोषणा गरिएको मतपरिणामअनुसार पूर्वसांसद थापा नेकपा(एमाले) का पूर्वसांसद डा राजन भट्टराईलाई तीन हजार ४१८ मत अन्तरले पछाडि पार्दै विजयी हुनुभएको हो ।
    काठमाडौँ क्षेत्र नं ४ का सहायक निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेका अनुसार युवा नेता थापाले २१ हजार ५५८, डा भट्टराईले १८ हजार १४० र विवेकशील साझा पार्टीकी सुबुना बस्नेतले तीन हजार ४० मत प्राप्त गर्नुभएको छ ।

    मोरङ –१ बाट एमाले विजयी


    विराटनगर।  मोरङ क्षेत्र नं १बाट नेकपा (एमाले)का उम्मेदवार घनश्याम खतिवडा विजयी हुनुभएको छ ।
    खतिवडाले ३७ हजार ५२४ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिगबहादुर लिम्बूले ३१ हजार ४३६ मत प्राप्त गर्नुभएको छ ।
    मोरङमा अहिलेसम्म तीन क्षेत्रको नतिजा सार्वजनिक हुँदा सबैमा नेकपा (एमाले) विजयी भएको छ । यसअघि मोरङ क्षेत्र नं ६ बाट लालबाबु पण्डित र क्षेत्र नं ३ बाट भानुभक्त ढकाल विजयी हुनुभएको छ । मोरङका क्षेत्र नं २, ४ र ५ मा मतगणना जारी छ ।

    बागलुङ–२ मा माओवादी केन्द्र विजयी


    बागलुङ। प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र) का देवेन्द्र पौडेलले विजय हासिल गर्नुभएको छ ।
    वाम गठबन्धनका पौडेलले २८ हजार ८०७ र उहाँका निकट प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नीरज पुनले १९ हजार ९०५ मत ल्याउनुभएको छ । नयाँ शक्ति पार्टीबाट विद्रोह गरी माओवादी केन्द्रमा प्रवेश गरेको दुई महिना नबित्दै प्रतिनिधिसभा सदस्यको टिकट पाउनुभएका पौडेलले पूर्वसांसदसमेत रहनुभएका पुनलाई पराजित गर्नुभएको हो ।

    तीनै स्थानमा वाम गठबन्धन विजयी


    दार्चुला ।  प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का गणेशसिंह ठगुन्ना विजयी हुनुभएको छ ।
    प्रतिनिधिसभाको एक मात्र क्षेत्र रहेको जिल्लामा ठगुन्नाले २८ हजार ९९८ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विक्रमसिंह धामीले २२ हजार २३३ मत प्राप्त गर्नुभएको छ ।
    त्यसैगरी जनसमाज पार्टी नेपालका धनबहादुर कुँवरले ६१०, नयाँ शक्ति नेपालका जीतेन्द्र महराले ३०८ र राष्ट्रिय जनमोर्चाका मनवीर दमाईंले ५१ मत प्राप्त गर्नुभएको छ । कुल खसेको ५४ हजार ५४७ मतमध्ये दुई हजार ३४७ मत बदर भएका छन् ।
    त्यसैगरी प्रदेशसभा (क) मा एमालेका ग्याल्बुसिहं बोहरा १६ हजार ५३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका मदन गिरीले १२ हजार ५९८ मत प्राप्त गर्नुभएको छ ।
    यस्तै नयाँ शक्ति पार्टी नेपालका नन्दनसिंह महरले १६६, जनसमाजवादी पार्टी नेपालका मनोज दमाईंले २९८, राष्ट्रिय जनमोर्चा पार्टीका मदन दमाईंले ३३ मत प्राप्त गर्नुभएको छ । यहाँ एक हजार ५३ मत बदर भएका छन् ।
    यसैगरी प्रदेशसभा (ख) मा पनि वाम गठबन्धनका मानबहादुर धामी विजयी हुनुभएको छ । धामी १२ हजार ९५६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जगदीशबहादुर पालले नौ हजार ५७५ मत प्राप्त गर्नुभएको छ ।
    यस्तै जनसमाजवादी पार्टी नेपालका हरिभानसिंह ठगुन्नाले ५२७, नयाँ शक्ति पार्टी नेपालका बहादुरसिंह ठगुन्नाले ५८ र स्वतन्त्र रघुवीरसिंह ठगुन्नाले १८७ मत प्राप्त गर्नुभएको छ भने ९९३ मत बदर भएको छ । मतगणनाको औपचारिक घोषणा हुन भने अझै बाँकी छ ।

    ताप्लेजुङमा वाम गठबन्धन विजयी


    ताप्लेजुङ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ताप्लेजुङका सबै स्थानमा वाम गठबन्धनले विजय हासिल गरेको छ ।
    प्रतिनिधिसभाको एक र प्रदेशसभाका दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यमा एमाले सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले २९ हजार ४७९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशवप्रसाद दाहालले १६ हजार ८८८ मत प्राप्त गर्नुभएको छ ।
    प्रदेशसभा निर्वाचन क्षेत्र(क) मा एमालेका बलबहादुर चाम्चुहाङ १५ हजार ४१७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका लीलादेवी बोखिमले १० हजार ९७४ मत प्राप्त गर्नुभएको छ ।
    त्यस्तै प्रदेशसभा(ख) मा नेकपा(माओवादी केन्द्र)का टंक आङ्बुहाङ १२ हजार १९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दीपेन्द्रकुमार सेन्दाङले सात हजार ५८६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।

    जाजरकोट प्रदेशसभा क मा सिंह विजयी


    जाजरकोट। जाजरकोट प्रदेशसभा (क) का वाम गठबन्धनका गणेशप्रसाद सिंह १६ हजार ९११ ल्याएर विजयी हुनुभएको छ ।
    उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वेदराज सिंहले १२ हजार ८७८ ल्याउनुभएको छ ।
    जाजरकोट क्षेत्र नं (क) मा ३२ हजार ६०६ मत खसेको थियो जहाँ कुल मतदाता ४५ हजार ४७२ थिए । गणेशप्रसादले नेकपा(माओवादी केन्द्र)का जाजरकोटको इञ्चार्ज पदमा रहेर काम गर्दै आउनुभएको छ ।

    नेकपा एमाले

    1. म्याग्दी- भुपेन्द्रबहादुर थापा (नेकपा एमाले)- २३ हजार ३०८ मत

    2. मनाङ- पाल्देन छोपाङ गुरुङ (नेकपा एमाले)-

    3. मुस्ताङ- प्रेमप्रसाद तुलाचन (नेकपा एमाले)

    4. मुगु- गोपालबहादुर बम (नेकपा एमाले)-१३ हजार ३४ मत

    5. बझाङ -भैरवबहादुर सिंह(एमाले)

    6. डोल्पा- धनबहादुर बुढा(एमाले)-११७६१

    7. बाजुरा -लालबहादुर थापा (एमाले)-२८०५८

    8. दार्चुला- गणशसिंह ठकुन्ना (एमाले)-२८९९८

    9. बाग्लुङ -सूर्यराज पाठक (एमाले) ३३६५७

    10. ताप्लेजुङ- योगेश भट्टराई(एमाले)२९४७९

    11.  ललितपुर- कृष्णलाल महर्जन -२७७१३

    12. धादिङ १ -भूमी त्रिपाठी (४९१२१)

    13. काठमाडौं३:  कृष्णबहादुर राई -१९१६९

    14. मोरङ ३: भानुभक्त ढकाल- ४२४१३

    15. मोरङ ६: लालबाबु पण्डित-३३९४१

    16. काठमाडौं ८:जीवनराम श्रेष्ठ(१३३०७)

    17. अोखलढुंगा: यज्ञराज सुनुवार(३२५८०)

    18. शेरबहादुर तामाङ( ३८४०० )

    19. मोरङ १:धनश्याम खतिवडा(३७५२४)


     

    माओवादी केन्द्र

    1. पूर्वी रूकुम- कमला रोका (माओवादी केन्द्र)-१० हजार ४ सय ३४ मत

    2. रुकुम पश्चिम-जनार्दन शर्मा(माओवादी)-३४४०२

    3. बागलुङ २: देवेन्द्र पौडेल- २८८२७

    4. अग्निप्रसाद सापकोटा- ४०५०४

    5. पम्फा भुषाल ललितपुर


    अन्य

    1. हुम्ला- छक्कबहादुर लामा (स्वतन्त्र)


    कांग्रेस

    1. काठमाडौं १: प्रकाशमान सिंह (१०९३६)

    2. रसुवाः मोहन आचार्य- १४४५३

    3. काठमाडौं ४-गगनकुमार थापा (२१५५१)

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…