• चैत ९,पथरी ।
    मोरङको पथरीशनिश्चरे १ मा रहेको पथरी बहुमुखी क्याम्पस लाई प्रविधिमैत्री बनाउने क्रममा सहयोगि हातहरु जुट्दै गएका छन् ।
    क्याम्पसका प्रत्येक कक्षा कोठाहरुमा प्रोजेक्टर, स्मार्ट बोर्ड,,सबै कक्षा कोठामा सिसि क्यामेरा कम्प्यूटर ल्याव, ,ई–लाईब्रेरि अनि प्रविधिमयी शिक्षालय वनाउन आफ्नो उदेश्यमा यति बेला विभिन्न क्षेत्रमा आवद्ध ब्यक्तीहरुले सहयोग गरिरहेको मा क्याम्पस प्रमुख चेतन पौडेल ले खुसी व्यक्त गरेका छन् ।
    यस अघि गोर्खा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलाराम आचार्यले ६८ हजार रुपैयाँ मुल्य बराबरको स्मार्ट बोर्ड , लोटस कम्पूटरका सञ्चालक समिर तिम्सिनाले ५१ हजार रुपैयाँ मुल्य बराबरको पाँच वटा सिसि क्यामेरा , पथरी हस्पिटलका सञ्चालक ईश्वरी सापकोटाले ५१ हजार रुपैयाँ मुल्य बराबरको एक थान प्रोजेक्टर, खप्तडी रीयल स्टेट का सञ्चालक बिजयजंङ बस्नेतले ५१ हजार रुपैयाँ मुल्य बराबरको एक थान प्रोजेक्टर प्रदान गर्दै क्याम्पसलाई प्रविधीमैत्री बनाउने अभियानमा सामेल भैसकेका छन।
    यसैक्रममा अहिले खबर नेपाली डटकम का सञ्चालक गणेश कार्कीले क्याम्पसलाई १३ सेट फोन चल्ने गरीको ईन्टरकमको सम्पूर्ण सामाग्री खरिद गर्न ५१ हजार रुपैयाँ नगद प्रदान गरेका छन भने क्याम्पसले इन्टरकम खरिद गरिसकेको क्याम्पस प्रमुख पौडेलले जानकारी दिए ।
    विश्व विद्यालय अनुदान आयोगको अनुदानमा आफ्नो केही लगानी थप गर्दै क्याम्पसले पाँच वटा प्रोजेक्टर खरिद गरेको छ भने आफ्नै लागतले खरिद गरेको एउटा प्रोजेक्टर गरि अहिले क्याम्पसमा आठ वटा प्रोजेक्टर रहेको छ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…