• प्रायजसो नयाँ नयाँ कार्यक्रमहरु पस्केर समाजमा चर्चा पाइरहने आरम्भ नाट्य डबली रतुवामाईले आउदै गरेको नया वर्षको आगमन संगै यहि मिति २०७५ चैत्र २१ गतेका दिन रतुवामाई १० सोमबारे बजारमा वृहत रुपमा स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । चैत्र ०७ गते समाजमा बढ्दै गएको स्वास्थ्य समस्या, कतिपय परिवारहरु आर्थिक अभावका कारण अस्पताल सम्म जान पहुच नहुनु भन्ने विषयमा केन्द्रित भएर गरिएको सदस्य अन्तरक्रिया कार्यक्रम पश्चात नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोग र आरम्भ नाट्य डबली रतुवामाईको आयोजनामा उक्त शिविरको आयोजना गर्न लागिएको आरम्भकी सचिव नानु पौडेलले बताएकी छिन ।

    शिविर व्यवस्थापनका लागि कार्यक्रम संयोजकका रुपमा समिन बराल, युवा परिचालन संयोजक सुर्य प्र। ढुगेंल गरि विभिन्न विधामा आफ्ना जिम्वेवारी वाडफाड गरिएको सह सचिव हरि नेपालले जानकारी दिएका छन । शिविरलाई व्यवस्थित वनाउन नोबेल मेडिकल कलेज विराटनगरले विभिन्न औजार, भिडियो एक्सरे मेसिन , एक्सरे मेसिन तथा ल्यावमा उपभोग हुने उपकरणहरु शिविर स्थलमै उपलब्ध गराउने र निशुल्क रुपमा विरामीको जाँच गरिने कुरा अस्पताल स्रोतले आयोजकलाई जानकारी गराएको छ । शिवरमा जनरल मेडिसिन तथा मुटुरोग, मानसिक तथा नशारोग, बालरोग, सामान्य सल्याक्रिया, हाडजोर्नी तथा नशारोग, छाला तथा यौनरोग, नाक कान घाटी रोग, प्रसुती तथा स्त्री रोग, आखा परिक्षण तथा उपचार, दन्तरोग गरी दर्जन बढी रोगहरुको सेवा लिन सकिने छ ।

    बढी भन्दा बढी विराहरुले सेवाको उपभोग गरुन भन्नका लागि २ दर्जन बढी वरिष्ठ डक्टरहरु अस्पताल स्रोतले शिविर संचालन स्थलमा पठाउने जानकारी समेत आयोजकले दिएको छ । शिवर संचालन हुने भएपछि आरम्भले शिविर स्थल सरसफाई, विधुत्त जडान र कार्यक्रम स्थलमा चाहिने सामाग्रीहरुको व्यवस्थापन गरिरहेको कुरा कार्यक्रम संयोजक समिन बरालले बताएका छन ।

    ग्रामिण भेगमा रहेका गरिब तथा विपन्न परिवार साथै यस क्षेत्रका मानिसहरु ले सहज रुपमा निशुल्क सेवा उपभोग गरुन भन्ने उदेश्य सहित शिवरको आयोजना गरिएको वताएका छन । यसअघि पनि आरम्भले समाजमा सन्देश दिने विभिन्न कार्यक्रम आखा शिविर, जनचेतनामुलक कार्यक्रम, सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरु समाजमा पस्किरहेको र समाजलाई यस्ता खाले कार्यक्रमहरुले सेवा तथा सन्देश पुर्याउने बताउदै सन्देशमुलक, जनचेतनामुलक र सेवामुलक कार्यक्रमहरुको भिजन आरम्भसंग रहेको छ त्यही अन्तर्गत स्वास्थ्य शिविर गर्न लागेका छौ अध्यक्ष समिर सुवेदीले बताउनुभयो । आरम्भको सोचाई टोल टोलमा सफाई, विद्यार्थी भर्ना जनचेतनामुलक कार्यक्रम जस्ता कार्यक्रमलाई समेत तिव्र गतिमा अगाडि बढाउदै जाने समेत अध्यक्षले बताए

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…