सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।
पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमादित्य सम्वत २०७५ साल चैत्र १२ गते भौमबार नेपाल सम्बत ११३९ चिल्लागा तदनुसार सन् २०१९ मार्च २६ तारिक कृष्णपक्ष षष्ठी तिथि राती १२ वजेर २४ मिनेट सम्म उप्रान्त सप्तमी तिथि,अनुराधा नक्षत्र विहान ११ वजेर ३४ मिनेटसम्म उप्रान्त ज्येष्ठा नक्षत्र,सिद्धियोग, गरकरण,आनन्दादियोग वज्र,सूर्य मीन राशीमा,चन्द्रमा वृश्चिक राशीमा । योगिनी पश्चिम दिशामा,काल राहु पश्चिम दिशा र पाश पूर्व दिशामा,शुक्र पूर्व र चन्द्रमा उत्तर दिशामा दिन भर भ्रमण गर्ने छन् ।
यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।
मुहूर्त
शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ४५ मिनेटबाट मध्यान्ह १२ वजेर ३४ मिनेटसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः–मध्यान्ह १२ वजेर १० मिनेटबाट अपरान्ह १ वजेर ४१ मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–अपरान्ह ३ वजेर १३ मिनेटबाट ४ वजेर ४५ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान ९ वजेर ६ मिनेटबाट १० वजेर ३८ मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–विहान ८ वजेर ३० मिनेटबाट ९ वजेर १८ मिनेटसम्म र राती १० वजेर ५९ मिनेटबाट ११ वजेर ४८ मिनेटसम्म रहनेछ ।
दिन बार वेला
सूर्योदयबाट प्रातः ७ वजेर ३५ मिनेटसम्म रोग वेला,७ वजेर ३५ मिनेटबाट ९ वजेर ७ मिनेटसम्म उद्वेग वेला,९ वजेर ७ मिनेटबाट १० वजेर ३९ मिनेटसम्म चर वेला,१० वजेर ३९ मिनेटबाट १२ वजेर १० मिनेटसम्म लाभ वेला,१२ वजेर १० मिनेटबाट १ वजेर ४२ मिनेटसम्म अमृत वेला,१ वजेर ४२ मिनेटबाट ३ वजेर १४ मिनेटसम्म काल वेला,३ वजेर १४ मिनेटबाट ४ वजेर ४५ मिनेटसम्म शुभ वेला र ४ वजेर ४५ मिनेटबाट सूर्यास्तसम्म रोग वेला रहनेछ ।
रात्री बार वेला
सूर्यास्त कालबाट ७ वजेर ४५ मिनेटसम्म काल वेला,७ वजेर ४५ मिनेटबाट ९ वजेर १३ मिनेटसम्म लाभ वेला,९ वजेर १३ मिनेटबाट १० वजेर ४१ मिनेटसम्म उद्वेग वेला,१० वजेर ४१ मिनेटबाट १२ वजेर १० मिनेटसम्म शुभ वेला, १२ वजेर १० मिनेटबाट १ वजेर ३८ मिनेटसम्म अमृत वेला,१ वजेर ३८ मिनेटबाट ३ वजेर ६ मिनेटसम्म चर वेला,३ वजेर ६ मिनेटबाट ४ वजेर ३५ मिनेटसम्म रोग र ४ वजेर ३५ मिनेटबाट सूर्योदय कालसम्म काल वेला रहनेछ ।
मेषः– प्रतिकुल परिस्थितिमा काम गर्नु पर्ला । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । आफन्तले धोका दिने छन् । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । अन्तिम चरणमा पुगेका काम पनि रोकिने छन् । घरमा शान्ति मिल्ने छैन ।
वृषः– दिन शुभ देखिन्छ । नयाँ कामको प्रस्ताव आउन सक्छ । गरेका काम प्राय सफल हुने छन् । मनोरञ्जनात्मक गति विधि बढि हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न ।
मिथुनः– विरोधिको सक्रियताले काममा अप्ठ्यारो पर्न सक्छ सजग भएर अगाडि बढ्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् । व्यापार व्यवसायमा सुधार आउने देखिन्छ । ऋण घट्ने सम्भावना पनि देखिन्छ । गोपनीयता अप्नाउनु होला । नसोचेका ठाँउबाट धन आउन सक्छ । मुद्धा जितिनेछ ।
कर्कटः– चिन्ता घट्नेछ । समस्या कम हुनेछन् । समयमा निर्णय लिएर अगाडि बढ्नु होला नत्र अवसरबाट बञ्चित हुने अवस्था आउन सक्छ । आवेगमा आएर कुनै निर्णय नलिनु होला । पढाई लेखाईमा थोरै ध्यान जानेछ । नयाँ कुरा सिक्ने अवसर मिल्नेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् ।
सिंहः– घर परिवारलाई समय धेरै दिदा गर्नु पर्ने काम रोकिने छन् । व्यापार व्यवसायमा अवनति हुनेछ । बचाएर राखेको धन खर्च हुन सक्ने कुरालाई नकार्न सकिन्न । अतिथि खर्चमा वृद्धि हुनेछ । मनोरञ्जनात्मक गतिविधि बढि हुनेछन् । आफुलाई दयाँ माया गर्ने कोहि हुने छैन तर आफुले हेर्नु पर्ने अवस्था आउन सक्छ ।
कन्याः– समस्या कम हुनेछन् । काममा आशा गरे भन्द बढि सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । काम गर्ने जोश जागर घट्ने छैन । नोकरी तथा राजनीतिमा अवसरको खोेजी होला । बन्धु वर्गादिबाट सहयोग मिल्नेछ । आर्थिक विषयलाई लिएर आश्वासन दिने लिने काम दुवै गलत सावित हुने देखिन्छ ।
तुलाः– ग्रह,गोचर ठीकै ठीकै देखिन्छ । समस्या कम हुनेछन् तर मुक्ति पाईने छैन । आफ्ना कुरा आफैमा सिमित राख्नु होला । हतारमा कुनै निर्णय नलिनु होला । लगनशिल भई गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । आर्थिक कारोवार गर्दा विचार पु¥याउनु होला । बोलीको प्रभावकारीता थोरै पर्नेछ ।
वृश्चिकः– दुविधा हट्ने छन् । अनावस्यक खर्चमा कमि आउनेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । जोश जागरका साथ कर्म क्षेत्रमा लागिनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । वौद्धिक व्यक्तित्वसँग सामिप्यता बढ्नेछ । मान्यजनको आशिर्वाद मिल्नेछ ।
धनुः– समय त्यति अनुकुल देखिन्न । नयाँ काममा हात हाल्नु पूर्व एकपटक सोच्नु होला । गरेका कामबाट आफु भन्दा अरु लाभान्वित हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ । स्वास्थ्यमा लगानी बढ्न सक्छ । व्यर्थको घुमाई फिराई बढि होला । संचित धनमा ह्रास आउनेछ भने अतिथि सत्कार खर्च बढ्नेछ ।
मकरः– समग्रमा दिन राम्रै देखिन्छ । अस्थिर मन लिएर काम नगर्नु होला । थोरै प्रयत्न गर्नु भयो भने पुरानो बक्यौता रकम उठ्नेछ । व्यापार व्यवसायबाट आफुले सोचे भन्दा राम्रो आम्दानी हुनेछ । जीवन साथीको सहयोग लिएर काम गर्दा बढि उपलब्धि हात लाग्नेछ । सुखद समाचार सुन्न पाईनेछ । घरमा मांगलिक काम हुनेछन् ।
कुम्भः– काममा देखिएका समस्या हटेर जानेछन् । कार्य क्षमता र दक्षता बढ्नेछ । धेरै काम सजिलै बन्नेछन् । नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ । विरोधीका कारण लाभान्वित हुनुहुनेछ । सामाजिक उत्तरदायित्व बढ्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । मान सम्मान मिल्नेछ ।
मिनः– मानसिक तनावमा कमी आउनेछ । भाग्यले थोरै साथ दिनेछ । काममा देखिएका समस्या कम भएर जाने छन् । कार्य लगनशिलता बढ्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । पढाई लेखाईमा थोरै ध्यान जानेछ । सामाजिक काममा समय बढि दिदा आफ्ना धेरै काम अधुरा रहने छन् । लेनदेन भने ल्याङ ल्याङ नै हुनेछ ।
(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )। नोटः–यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो –पंडित श्रीकण्ठ सुराचार्य ।