• आरम्भ नाट्य डबली रतुवामाईले चैत्र २१ गते वृहत रुपमा संचालन गर्न लागेको स्वास्थ्य शिविर अर्को सुचना प्राप्त नभएसम्म केही समयका लागि स्थगित गरिएको छ । नोबेल मेडिकल कलेजको प्राविधिक सहयोगमा संचालन हुन लागेको उक्त शिवर अस्पताल स्रोतले आज गराएको जानकारी अनुसार केही समयका लागि स्थगित गर्नुपरेको हो । नोबेलका शिविर व्यवस्थापक डा. नारायण दाहालले आरम्भका अध्यक्ष समिर सुवेदीलाई टेलिफोन मार्फत दिएको जानकारी अनुसार नोबेल मेडिकल कलेज विराटनगरले नेपालका विभिन्न ठाउँहरुमा संचालन गरिरहेका सम्पुर्ण स्वास्थ्य शिविरहरु आजका मितिबाट केही दिनका लागि केही डाक्टहरुको अर्जेन्ट र महत्वपुर्ण परिक्षाका कारण स्थगित गर्नुपरेको भनी जनाएका छन ।

    वाकी रहेका डाक्टरहरु पनि अस्पतालका विरामीको हेरचाहमा लाग्नु पर्ने र शिविर संचालन र व्यवस्थापन गर्न असम्भव हुने भएकोले गर्दा शिविर स्थगित गर्नुपरेको भनी दाहालले जनाएका हुन । अस्पतालबाट शिविर संचलन भएको सुचना प्राप्त हुनसाथ शिविरको मिति तय गरेर शिविर संचालन गरिने कुरा सुवेदीले वताएका छन । यता आरम्भले शिविरलाई वृहत वनाउनका लागि व्यापक प्रचारप्रसारको थालनी गरेतापनि विचमा नोवेलले दिएको जानकारी अनुसार शिविर अर्को सुचना जारी नभएसम्म स्थगित गनुपरेको हो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…