• किसोर श्रेष्ठ

    उर्लाबारी, मंसिर २५ ।पछिल्लो समय भारतबाट ल्याएर छोडिएका मानसिक सन्तुलन गुमाएका मानिसहरूले गर्दा मोरङ उर्लाबारीका नगरवासीहरुले विभिन्न समस्या झेल्दै आएका छन् । झन्डै १ दर्जनको सङ्ख्यामा रहेका यिनिहरुले देखाउने दिनहुुँको हर्कतले स्थानीय आजित बनिसकेका छन् । आधा शरीर मात्र कपडा लगाएर उर्लाबारीको गल्ली र चोकहरुमा दौडिरहेको भेटिने यस्ता मानसिक सन्तुलन गुमाएका भारतीयका कारण स्थानीय ब्यापारी तथा बजार गर्न उर्लाबारी आएका आगन्तुकहरुले पनि लाजमर्दो बन्नुपरेको बताउँछन् । अर्धनग्न रुपमा गोप्य अंगहरु देखाएरै हिड्ने यिनिहरु विषेश गरेर महिलाहरुलाई एकोहोरो हेर्ने, जिस्काउने जस्तो हर्कत गर्ने गर्छन् भने कहिले ठुलो आवाज निकालेर चिच्याउँदै सडकको बीचमा भागमा नै दौडिरहेको भेटिन्छन् त कहिले सार्वजनिक स्थानहरुमा सुतिरहेका हुन्छन् । मुख्य राजमार्गमा अन्धाधुन्ध दौडिदा सवारी दुर्घटनाको उच्च जोखिम रहेको पाईन्छ । केही महिना अघि स्थानीय गोर्खा डिपार्टमेन्ट नजिकैको स्थानमा बजार गर्न आएका महिलामाथी सन्तोष नाम गरेका मानसिक सन्तुलन गुमाएका एकले अभद्र व्यबहार गरेपछि नजिकैै रहेका ट्राफिक प्रहरीले त्यसो नगर्न भनेर सम्झाउँन खोज्दा उल्टै तिनै प्रहरीमाथि नै कुटपिट गरेका थिए ।

     

    यस्ता मानसिक सन्तुलन गुमाएकाहरुका कारण व्यापार व्यवसायमा समस्या भएको उर्लाबारीमा लामो समयदेखी चोटपटे बेच्दै आएका एकजना व्यापारीले बताए । उनका अनुसार ढुङ्ढुङक्ती गनाउने उनीहरु ग्राहकको अगाडी आएर एकोहोरो हेर्दिने, गोप्य अंग देखाएरै आउने जस्ता क्रियाकलापले गर्दा समस्या भएको हो । रातको समयमा भारतबाट कोइला लिएर आउने गाडीहरुमा बस्ती देखी टाढा उर्लाबारी र पथरी बिचको भागमा रहेका जङ्गलमा ल्याएर यस्ता मानिसहरुलाई छोड्ने गरेको स्थानीयहरु बताउँछन् । नगरमा रहेका यस्ता मानिसहरुका कारण स्थानिय व्यापारीहरुले दिनहू भोग्दै आएकोे समस्याका बारेमा आफू जानकार रहेको उद्योग वाणिज्य संघ उर्लाबारीका अध्यक्ष भरत भट्टराईले बताएका छन् । यसलाई रोक्न र यिनिहरुको व्यवस्थापनका निम्ति चाँडै नै नगरपालिकासँग सहजिकरण गरीने पनि उनले जानकारी गराए् ।

    सिमा नाकाहरुमा कडाई नगरेसम्म यस्ता मानिसहरु भित्री रहने भन्दै यसका लागी त्यस क्षेत्रमा खटिएका सुरक्षाकर्मीले विषेश कडाई गर्नूपर्ने पनि उनले बताए । नगरभित्र बढ्दो मानसिक सन्तुलन गुमाएकाहरुलाई रोक्नलाई नगर प्रहरी र प्रहरी परिचालन गर्ने उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले बताएका छन् । यदि कुनै पनि सवारी साधन वा ब्यक्तिले नगर भित्र ल्याएर यस्ता मानिसलाई छोड्ने गरिएको भेटिए कडा भन्दा कडा कार्वाही गर्ने पनि फागोले बताएका छन् । साथै अहिले रहेकाहरुको व्यवस्थापनमा स्थानीय व्यापारी, वुद्धिजिवी, पत्रकार, सामाजिक व्यतित्व लगायतहरुसँग छलफल गरेर समाधानको बाटो खोज्ने पनि फागोले जानकारी गराएका छन्

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…