• सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
    राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

    पञ्चाङ्ग
    श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रम सम्वत २०७५ साल चैत्र १४ गते विहिबार नेपाल सम्बत ११३९ चिल्लागा तदनुसार सन् २०१९ मार्च २८ तारिक कृष्णपक्ष अष्टमी तिथि राती १ वजेर ४१ मिनेट सम्म उप्रान्त नवमी तिथि,मूल नक्षत्र अपरान्ह १ वजेर ३४ मिनेटसम्म उप्रान्त पूर्वषाढा नक्षत्र,वरियनयोग,बालवकरण, आनन्दादियोग धुम्र,सूर्य मीन राशीमा,चन्द्रमा धनु राशीमा । योगिनी ईशान्य दिशामा,काल दक्षिण र पाश उत्तर दिशामा, शुक्र पूर्व र चन्द्रमा पूर्व दिशामा दिनभर भ्रमण गर्ने छन् ।
    यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।

    मुहूर्त
    अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ४४ मिनेटबाट मध्यान्ह १२ वजेर ३४ मिनेटसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः–विहान ९ वजेर ५ मिनेटबाट १० वजेर ३७ मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–अपरान्ह १ वजेर ४१ मिनेटबाट ३ वजेर १३ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान ६ वजेर २ मिनेटबाट ७ वजेर ३४ मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः– विहान १० वजेर ६ मिनेटबाट १० वजेर ५५ मिनेटसम्म र अपरान्ह ३ वजेर ३ मिनेटबाट ३ वजेर ५० मिनेटसम्म रहनेछ ।

    दिन बार वेला
    सूर्योदयबाट प्रातः ७ वजेर ३४ मिनेटसम्म शुभ वेला,७ वजेर ३४ मिनेटबाट ९ वजेर ६ मिनेटसम्म रोग वेला,९ वजेर ६ मिनेटबाट १० वजेर ३८ मिनेटसम्म उद्वेग वेला,१० वजेर ३८ मिनेटबाट १२ वजेर १० मिनेटसम्म चर वेला,१२ वजेर १० मिनेटबाट १ वजेर ४२ मिनेटसम्म लाभ वेला,१ वजेर ४२ मिनेटबाट ३ वजेर १४ मिनेटसम्म अमृत वेला,३ वजेर १४ मिनेटबाट ४ वजेर ४६ मिनेटसम्म काल वेला र ४ वजेर ४६ मिनेटबाट सूर्यास्तसम्म शुभ वेला रहनेछ ।

    रात्री बार वेला
    सूर्यास्त कालबाट ७ वजेर ४६ मिनेटसम्म अमृत वेला,७ वजेर ४६ मिनेटबाट ९ वजेर १४ मिनेटसम्म चर वेला,९वजेर १४ मिनेटबाट १० वजेर ४२ मिनेटसम्म रोग वेला,१० वजेर ४२ मिनेटबाट १२ वजेर १० मिनेटसम्म काल वेला, १२ वजेर १० मिनेटबाट १ वजेर ३८ मिनेटसम्म लाभ वेला,१ वजेर ३८ मिनेटबाट ३ वजेर ६ मिनेटसम्म उद्वेग वेला,३ वजेर ६ मिनेटबाट ४ वजेर ३४ मिनेटसम्म शुभ र ४ वजेर ३४ मिनेटबाट सूर्योदय कालसम्म अमृत वेला रहनेछ ।

    मेषः– समय सुधारोन्मुख तर पूर्ण साथ दिने छैन । कपटीहरुको फेला पर्न सकिन्छ सतर्क भएर काम गर्नु होला । अरुको काम गरेर जश कम मिल्नेछ । लाभदायक यात्राको सम्भावना देखिन्छ । अरुको भरमा मात्रै काम नगर्नु होला । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । आशाका अङ्कुर पलाउनेछ । पढाईमा ध्यान कम जानेछ ।

    वृषः– समयले साथ कम दिनछ । काम गर्दा दुःख कष्ट हैरानी बढि हुनेछ । विचार पु¥याउन सकिएन भने कर्म क्षेत्रबाट रित्तो हात फर्कनु पर्ला । पारिवारिक समस्या बढ्न सक्छन् । व्यापार व्यवसायमा गिरावट आउनेछ । विश्वास र भरोसामा काम गर्न सकिने छैन । कपटीका हातमा धन पर्न सक्छ सतर्क रहनुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ ।

    मिथुनः– ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । कुरामा विश्वास नगर्नु होला काममा ध्यान दिनुहोला । कर्म अनुसारको फल मिल्नेछ । सतर्क रहनु होला,देखिने शत्रु भन्दा नदेखिएका शत्रु बढि हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । यात्राको सम्भावना देखिन्छ ।

    कर्कटः– स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । तनावले छोड्ने छैन । आहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य कमजोर बन्नेछ । ऋण लगानीमा नगर्नु होला पछि उठाउन गाह्रो हुनेछ । काममा प्रतिश्पर्धा गर्नु पर्नेछ । विरोधीको सक्रियता बढ्नेछ । काम गर्दा गोपनियता अप्नाउनु होला ।

    सिंहः– भ्रम छलकपट बढि हुनेहुदा सोचेर विचार गरेर अगाडि बढ्नु होला । विना तयारी विना अध्ययनको कामले घाटा हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । पढाई लेखाईमा अवरोध आउन सक्छ । आफन्तको सहयोग अल्प मिल्नेछ । समस्याबाट पूर्ण मुक्ति मिल्ने छैन । आय व्यय बरावरै हुनेछ ।

    कन्याः–कार्य क्षमतामा ह्रास आउन सक्छ । घरका समस्याले बढि सताउने छ । अनावस्यक खर्च बढ्नेछ । विवाद रहित काम गर्न सकिने छैन । आफुमा भएको उर्जाको सहि सदुपयोग गर्न सके पछुताउनु पर्ने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । आफन्त सँग विश्वास र भरोसा टुट्नेछ । मनमा शान्ति मिल्ने छैन ।

    तुलाः– समयले साथ दिनेछ । काम गर्ने जोश जागर बढ्नेछ । उच्च व्यक्तित्वको सुझाव सल्लाहमा काम गर्दा राम्रै हुनेछ । आफ्नै बाहुबलबाट धेरै काम सम्पादन हुनेछन् र अर्थोपाजन पनि हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । साथि भाई इष्टमित्रबाट सहयोग प्राप्त होला । भ्रमलाई चिरेर काम गर्नु होला ।

    वृश्चिकः– दिन सामान्य देखिन्छ । आर्थिक लगानीमा जोड नदिनु होला । धन दिएमा फिर्ता नहुन सक्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अरुको पूर्ण भरोसा नगर्नु होला । मान्य जनको सुझाव सहयोग र आशिर्वाद लिएर काम गर्नु होला । महत्वकाँक्षी योजना अगाडि बढाउदा विचार पु¥याउनु होला ।

    धनुः– समस्या कम भएर जानेछन् । काममा विस्तारै प्रगति हुनेछ । मनोरञ्जनात्मक काममा खर्च ज्यादा हुनेछ । अरुको भर नपर्नु होला । वित्तिय कारोवारमा सानातिना समस्या देखिने छन् । भोज भतेरको निम्तो आउन सक्छ । स्पष्ट बोल्दा आफैलाई घाटा हुनसक्छ । कार्य गोपनियता अप्नाएर काम गर्नु होला । आर्थिक कारोवारमा सुधार आउनेछ ।

    मकरः– समय प्रतिकुल देखिन्छ । जोखिम मोलेर कुनै काम नगर्नु होला । दूर्जनले दुःख दिनेछन् । पारिवारिक समस्या बढ्नेछन् । व्यर्थका काममा समय खर्च हुनेछ । व्यापार व्यवसायमा अवनति हुनेछ । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । फजुल खर्च बढ्नेछ । झुट्टा आरोप लाग्न सक्छ ।

    कुम्भः– समयको सदुपयोग गर्नु होला उपलब्धि राम्रै हात लाग्नेछ । हिजो विरोध गर्ने आज मित्र बनेर आउने छन् । आफन्तका कारण लाभान्वित हुनुहुनेछ । आम्दानीका नयाँ क्षेत्रको पहिचान हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै होला । घरमा मांगलिक काम हुनेछन् । मित्रहरु बढ्ने छन् ।

    मिनः– समस्याहरु घट्ने छन् । सुख शान्तिमा वृद्धि हुनेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । कुटनैतिक विधि अप्नाएर अगाडि बढ्नु होला । सामाजिक उत्तरदायित्व बढ्नेछ । सहयोगी हात भेटिने छन् । काम गरेर प्रशस्त धन कमाउने योग देखिन्छ । परिवारबाट सहयोग पाईनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ ।

    (राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )। नोटः–यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो –पंडित श्रीकण्ठ सुराचार्य ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…