काठमाडौं । माउण्ट एभरेष्ट सेवा समाज नेपालले दुवै मृगौला बिग्रीएर उपचारमा समस्यामा परेका स्याङ्जा जिल्ला वालिङ नगरपालिका वार्ड नम्बर ९ बस्ने खुमबहादुर गुरुङलाई आर्थिक सहयोग गरेको छ । काठमाडौंस्थित कान्तिपुर हस्पिटलमा उपचार गराइरहेका गुरुङको लागि नगद ३१ हजार सहयोग गरिएको हो ।
उक्त सहयोग रकम संस्थाका अध्यक्ष इन्द्र कटुवाल,उपाध्यक्ष शोभा क्षेत्री नेपाल सचिब देबि खनाल र नेपाल समितिका सहसचिव, पेमा तामाङ (मुस्कान) संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । संस्थाका अध्यक्ष इन्द्र कटुवालले सहयोगी सबैमा धन्यावाद ज्ञापन गर्दै बिरामीको स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।