कुमार खड्का चैत १५,पथरी
मोरङको पथरीशनिश्चरे—१० मा रहेको सरिजंगा स्मृती धार्मिक वन नेतृत्व चयनको प्रक्रियालाई लिएर विवादमा आएको छ ।
वनको गत माघ २१ गते तेस्रो साधारण सभाको खुल्ला कार्यक्रम भएको थियो बन्द सत्रमा दुई उपाध्यक्षको लागि छ जनाको मनोनयन परेसँगै विवाद उत्पन्न भएको थियो ।
सो दिन कसैले दावि नछाडेपछि माघ २५ गते निर्वाचन तोकिएको थियो । सो दिन उपाध्यक्ष मनोनयन भएकैहरु मध्येबाट अवरोध भएपछि निर्वाचन रोकिएको थियो ।
विवाद उत्पन्न भएपछि रोकीएको निर्वाचनलाई लाई निर्वाच समितिले चुनाव गराउनुको सट्टा मिलेमतोमो आन्तरिक रुपले समिति निर्माण गरेको वताइएको छ ।
धेरै छलफल र निर्वाचनको प्रयास भएपनि उत्पन्न विवादको समाधान भएको थिएन । बुधबार निर्वाचन समितिको संयोजक लोकसागर साम्बाले ३ जना उपाध्यक्षसहित २२ जनाको समिति घोषणा गरेपछि विवाद झनै चर्किएको छ ।
उपाध्यक्षमा गोविन्द वनेम, टंक लिम्बू र शन्तोष लिम्बू चयन भएका छन् । उपाध्यक्षको उमेद्वार मनोनयन गर्ने मध्येका टेकिन्द्र लिभाङ लिम्बूले घोषित समिति विधान विपरित भएकोले आम उपभोक्ता समितिको माग अनुसार अर्को समिति गठन गर्नु पर्ने माग गरेका छन् ।
असन्तुष्ट मध्येका टेकिन्द« लिम्वूले पत्रकार सम्मेलनको आयोजना गरी विधानमा दुई उपाध्यक्ष मध्ये एक महिला हुनु पर्ने उल्लेख भएपनि पनि ३ जना बनाइएको र महिला उपाध्यक्ष कोटामा शन्तोष लिम्बूलाई उपाध्यक्ष बनाएको लिम्बूले बताए ।
साधारण सभाले दुई उपाध्यक्ष पास गरेपनि सो विधान विपरित ३ बनाएको र महिलाको कोटामा पुरुष नै बनाएको लिम्बूले बताए । निर्वाचन समितिको प्रकृया अनुसार छ जना उपाध्यक्ष मध्ये आफूले पनि उमेद्वारी मनोनयन गरेको तर निर्वाचन नगराई तीन जनालाई मनोमानी ढंगबाट नाम घोषणा गरेको लिभाङको भनाइ छ ।
लिभाङले वन समितिको विधान र कानून विपरित आफूखसी अवैध समिति गठन गरेकोमा जिल्ला अदालत, पथरीशनिश्चरे नगरपालिका र वन कार्यालयमा मुद्धा लगाउने बताए ।
अवैध समितिलाई खारेज गरेर आम उपभोक्ता समितिको सहमतिमा तदर्थ समिति गठन गरेर वन संरक्षण गर्ने लिभाङले बताए ।
पत्रकार सम्मेलनमा उपभोक्ता केवि लिम्बू, नव समितिको सदस्य रोशन थक्लङ लिम्बू लगायतको उपस्थिति थियो । सम्मेलनमा उपस्थित उपेन्द्र लिम्बूले नगरमा ७ हजारभन्दा बढी लिम्बू समुदाय भएपनि १६५ जनाको मात्र उपभोक्ता बनाउदा पनि मनोमानी गरिएको बताए ।
वन समितिको अध्यक्षमा गंगाप्रसाद साँवा, सचिव प्रेमकुमार वनेम, सह—सचिव केशव कुरुङ्वाङ, देउमान लिम्बू, कोषाध्यक्षमा खिनामाया लिम्बूलाई बुधबार सफत खुवाइएको निर्वाचन समितिको संयोजक लोकसागर साम्बाले बताए ।