उर्लाबारी । सिर्जनशिल युवा क्लवको आयोजनामा यहि वैशाख ५ गतेदेखी मोरङको मिक्लाजुङ—६ लालमाटीमा ‘प्रथम मिक्लाजुङ गोल्डकप २०७६’ फुटवल प्रतियोगिता हुने भएको छ । नयाँ बर्षको अवसर पारेर आयोजना गर्न लागिएको फुटवल प्रतियोगितामा पूर्वका ८ टिमको सहभागिता रहनेछ । जसमा बैशाख ५ गते धरान एफसी र झापा राजगण, ६ गते इटहरी तालतलैया र मोरङ एकेडेमी,७ गते लेटाङ एफसी र एफिएफ सुनसरी,८ गते आयोजक र बेलवारी फुटवल क्लव विच खेल हुने खेल संयोजक नेमप्रकाश तामाङ बिक्रमले जानकारी दिनुभयो ।
बैशाख १२ गते हुने फाइनल खेलको बिजेताले नगद १ लाख ५ हजार ५ रुपैंया ट्रफि प्रमाणपत्र मेडल प्राप्त गर्नेछन् । यस्तै,उपबिजेताले नगद ५५ हजार ५ रुपैंया सहित ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । खेल अनुमानित ८ लाखमा सम्पन्न हुने अध्यक्ष तामाङले बताउनुभयो ।
क्लवका सचिव रामकुमार राईले मिक्लाजुङमा खेलमय वातावरण बनाउदैं खेलको विकास र नयाँ बर्षको शुभकामना आदानप्रदान गराउने उदेश्यले फुटवल प्रतियोगिता गर्न लागिएको बताउनुभयो ।
राष्ट्रकै चर्चित खेलाडीहरुले सुसजित हुने मिक्लाजुङ गोल्डकपबाट यहाँका नवप्रतिभा खेलाडीहरुले पनि खेल हेरेर कलाकौशल सिक्ने अबसर पाउनेछन्,दर्शकहरुले मनोरञ्जन पनि,सचिव रामकुमार राईले भन्नुभयो ।
फुटवलका लागि सहयोगीकारी भुमिका निर्वाह गरिरहनुभएका टाँडी युवा क्लवका अध्यक्ष महेन्द्र थेगीमले सो प्रतियोगिता मिक्लाजुङ लालमाटीकै गरिमा भएकोले सबैले आफ्नो क्षेत्रबाट सकेको सहयोग पुर्याउन आग्रह गर्नुभएको छ ।