• विवेक न्यौपाने

    पथरी । मोरङ्गको सुनबर्सीमा तेश्रो ढल्के जोवन गोल्डकप आयोजना हुने भएको छ। २०७६ सालको बैशाख २१ गतेबाट शुरु हुने प्रतियोगितामा प्रदेश १ का १६ टिमहरुको सहभागितामा हुने भएको हो। अमरदह ढल्के जोवन युवा क्लबको आयोजनामा हुन गइरहेको प्रतियोगितामा प्रथम पुरस्कार २ लाख ११ हजार रहेको छ भने दोश्रो पुरस्कार १ लाख ५१ हजार रहेको आयोजकले आज शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन। प्रतियोगिताको अघिल्लो संस्करणमा पुरस्कार राशी प्रथम र द्दितिय क्रमशः १ लाख १ हजार र ५१ हजार मात्र रहेको थियो।
    ३० बर्षमाथीका खेलाडीले मात्र सहभागिता जनाउन पाउने भेट्रान प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ , प्रत्येक दिनको मेन अफ द म्याचलाई १५ सय रुपैयाँ सहित ट्रफी प्रदान गरिने आयोजक क्लबका अध्यक्ष प्रताप तामाङ्गले बताए। क्लबका अध्यक्ष तामाङ्ग सुनबर्शी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष समेत रहेका छन। प्रतियोगितामा सहभागी खेलाडीले आफू ३० बर्ष पुगेको र नेपाली भएको प्रमाणित हुने कागज पत्र अनिवार्य पेश गर्नु पर्ने बताइएको छ।
    नगरको २ लाख , वडाको २ लाख ८० हजार सहित अन्य संघसंस्था , खेलप्रेमी व्यक्तिहरुसँग सहयोग संकलन गरि खेल आयोजना गरिने क्लबका अध्यक्ष तामाङ्गले बताए। प्रतियोगिताका सम्पुर्ण खेलहरु सुनबर्सी २ अमरदहको बिरेन्द्र सार्वजनिक माध्यमिक बिधालयमा आयोजना हुने आयोजकले जानकारी दियो

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…