• (सोमबार )२५ मङ्सिर;२०७४

    सदियौं लामो निरङ्कुसता हामी माझ बाट एउटा युग ओगटेर बसेको थियो उसको समुल अन्त: भएको छ।प्रतिगमन कमजोर हुँदै बामगठबन्धन विजय भैसकेको छ र जनता जनार्दनले नवयुवा नेताहरुलाई अधिक स्थानबाट विजयी गराएका छन।अब भने मुलुकले मागेको कुरा जनतामा स्थानान्तरण हुने युग र परिवेशले हामिलाई आशावादी बनाएको छ।झन्डै आधा लाख जनताको भोटले अध्यक्ष प्रचण्डको शानदार विजय भएको छ।हाल हामी सग लम्पसारवाद पनि हातेमालो गर्न आएको छ भने महान जनयुद्धको बलिदानीको खिल्ली उडाउने दुश्मन पनि हाम्रो सहपाठी भै मुलुकको राजनितीमा अनेकतामा एकताको अर्को भरोसा थपिएको छ।खासमा भन्नुपर्दा तिक्तताको पतन नै समझदारीको मिलन हो र अवरोधहरु हामी माझबाट मरिसकेको अवस्थाले केही मात्रामा आन्तरिक राजनितिक कलहको बिउलाई आर्यघाटमा जलाइसकेको अवस्थालाई गौरवताका साथ मनन गर्न हाम्रा मनहरु हौसिएका छन।

    हामी हिजोसम्म कुशासनको फन्दामा परेका थियौं,आफ्नो दल र कार्यकर्ताको मात्रै भरणपोषण गर्ने समुहले महान जनयुद्धको सम्मान गर्छु भनेर स्थिर राजनिती र स्थिर सरकार बन्ने सुखद अपेक्षाले जनताले बाम गठबन्धनलाई शक्तिशाली बनाइदिएर विभिन्न कालखण्डमा धेरै वर्षहरु नेपाली सत्तालाई कमाइ खाने माध्यम बनाएका मान्छे र दलका मान्छेहरुलाई लज्जास्पद हारको भागिदार बनाइदिएका छन भने कतै कतै जनयुद्धका महान योद्दा हराउने बाम गठबन्धनका धोखेवाजहरुका समाचार पनि आइरहेका छन।यद्यपि जो जसले जिते पनि यो ऐतिहासिक निर्वाचनको जित जनताको जित बनोस र नेपालको सत्तामा बसेर जनतालाई खिज्याउने,ख्याल ठट्टा गरेर हरिया दात देखाएर हास्ने मान्छेले मुलुकको राजनितीमा आफुलाई सुधार गर्यो र भोगविलासको मोहत्याग गर्न सक्ने नेतालाई मात्रै मुलुकको सत्ताको जिम्मेवारी दिने काम गरियो भने मुल जड समस्याको रुपमा रहेको परनिर्भरताको विघटन भै देशविदेशमा छरिएर रहेका करोडौं हाम्रा युवाहरुले आत्मनिर्भरताको ज्योती पाए भने हामी र हाम्रो देशको समृद्धिको गन्तव्य निश्चय नै टाढा नहोला।

    अब पनि जनतालाई खिज्याउने र जनताको रगत पसिना चुस्ने मान्छे यो सत्ताको मालिक भयो भने बामगठबन्धनको विजय मात्रै अभिशाप हुदैन प्राप्त उपलव्धीहरु पनि नष्ट हुन पुग्नेछन अब त्यस्तो नहोस।आज हामी र हाम्रो समस्या माथी चिन्ता गर्ने र जनताको मर्म र पीडा बुझिदिन सक्ने प्रचण्ड ,जनार्दन,लालबाबु,डाक्टर बाबुराम,गोकर्ण विष्ट,सुवास नेम्वाङ,झलनाथ,कमला रोका लगायतका नेताहरुको विजयले हामि सबै विकास र समृद्धिका भोका जनताका छोराछोरीलाई धेरै आशाहरु जगाइदिएको छ।यी आशाहरु निराशामा बदलिए भने मुलुकको राजनिती अस्तब्यस्त हुन पुग्नेछ त्यस्तो नहोस।देश र जनताको हितका निम्ति सिंहदरबार र बालुवाटारले विशेष ध्यान दियोस।राज्यसत्तामा रहेर देश बनाउछु भन्ने मन्त्रीहरु,प्रधानमन्त्री र राष्ट्रपतिले राज्यबाट लिने गरेका अनावश्यक सेवा सुविधाहरु कटौती गरून्।

    आम जनताको स्वास्थ्योपचार नि:शुल्क र सारा जनताका छोराछोरीलाई नि:शुल्क शिक्षा दिने घोषणा गरुन।दुई खाले शिक्षाको कालोबजारी पूर्ण रुपमा अन्त्य गर्दै कमिसनखोरहरुलाई जेलको अँध्यारो छिडिमा कोच्न सक्ने नेपाल आमाको छोराछोरीलाई नया नेपालको सत्ताको जिम्मेवारी दिइयो भने हामीले भोग्नु परेका शोषण र उत्पिडनहरु एकाएक हराउन थाल्नेछन।अबको सत्ताले कानुनमा केही हेरफेर गर्दै समान कानुन र समानताको उजागर गरोस भन्दै समस्त विजयी नेताहरु र जिम्मेवार राजनितीज्ञहरुलाई यहि सुझाव छाड्दै यो सूक्ष्म सन्देश यहि अन्त: गर्दछु।धन्यवाद ।
    (काठमाडौंबाट रातोकलम प्रमुख संवददाता)
























सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…