• उर्लाबारी, मंसिर २६ । युवा समाजसेवी सुन्दर श्रेष्ठलाई उर्लाबारी –९ मा रहेको श्री राजघाट आधारभूत विद्यालयले सम्मान गरेको छ ।
    मंगलबार एक औपचारीक कार्यक्रमको आयोजना गरेर विद्यालयले उर्लाबारी –९ राजघाट निवासी श्रेष्ठलाई उनले गरेको सहयोगको उच्च मुल्याङकन गर्दै सम्मान गरेको हो ।
    स्व.बुबा ईन्द्र नारायण श्रेष्ठको स्मृतिमा १ लाख मुल्य बराबरको विद्यालयको गेट निर्माणमा श्रेष्ठले आफ्नो र आफ्नी आमा कुमारी श्रेष्ठको नाममा सहयोग गरेका थिए ।



    नाम जस्तै सुन्दर काम गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम ढुङगेलले श्रेष्ठको प्रशंसा गरेका थिए । साथै आगामी दिनमा पनि यस्तै किसिमको सहयोगको अपेक्षा राखेको पनि उनले बताएका थिए ।
    उर्लाबारीका अन्य वडाहरुमा झै यस वडामा पनि सामुदायीक विद्यालयहरुको स्तर उन्नतिका लागी आवश्यक कार्य भईरहेको वडा नम्बर ९ का वडाध्यक्ष बम फ्याकले जानकारी गराएका थिए ।
    आफ्नो ठाउँबाट सकेको सहयोग गर्न पाउँदा एकदमै हर्षित भएको सम्मानित श्रेष्ठले बताए । भविष्यमा आफूले जस्तै समाजका विभिन्न क्षेत्रमा सहयोग गर्न उपस्थित विद्यार्थीहरुलाई श्रेष्ठले सुझाएका थिए । धन भन्दा मन ठूलो भएर मात्र सहयोगको भावना पलाउने पनि उनको बुझाई रहेको छ ।
    श्रेष्ठले स्थानीय स्तरमा सडक बत्ती जडान, विद्यालयहरुमा विविध सहयोग, खेलकुद तथा बाटोघाटो निर्माणमा समेत सहयोग गर्दै आएका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…