२६ मंसिर । प्रतिनिधिसभा प्रत्यक्षतर्फको परिणाम आउन बाँकी तीन मध्ये सुनसरी क्षेत्र नम्बर ३ मा दुई पार्टीबीचको प्रतिस्पर्धा निक्कै रोचक बन्दै गएको छ ।मतगणना अन्तिम चरणमा पुग्दै गर्दा यहाँ नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री विजय कुमार गच्छदार ६३ मतले पछाडि छन् ।
पछिल्लो अपडेट अनुसार नेकपा एमोकी उम्मेदवार भगवती चौधरीले ३२ हजार ५५५ मत पाएकी छन् भने उपप्रधानमन्त्री गच्छदार ३२ हजार ४९३ मतसहित उनलाई पछ्याइरहेका छन् ।मतगणना अन्तिम चरणमा पुग्दै गर्दा यहाँ नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री विजय कुमार गच्छदार ६३ मतले पछाडि छन् ।
१ लाख ९ हजार ९१७ मतदाता रहेको यस क्षेत्रमा ८३ हजार १३७ मत खसेको थियो । अहिलेसम्म ७२ हजार मत गणना भइसकेको छ भने अझै करिव ११ हजार मत गन्न बाँकी छ ।
प्रत्यक्षतर्फ १६५ प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा ३ क्षेत्रको मत परिणाम आउन बाँकी छ । सुनसरी ३ सहित कैलाली २ र स्याङ्जा २ मा मतगणना जारी छ । अन्य दुई स्थानमा पनि एमालेकै उम्मेदवारको अग्रता छ ।