२७ मंसिर, काठमाडौं । सुनसरी–३ मा मतगणनाको सुरुदेखि नै पछि परेका कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारले अग्रता लिएका छन् ।
पछिल्लो मत परिणामअनुसार गच्छदारले सुरुदेखि नै अग्रता लिइरहेकी एमाले उम्मेदवार भगवती चौधरीलाई ५१९ मतले पछाडि पारेका छन् ।निर्वाचन कार्यालयले सार्वजनिक गरेको मत परिणामअनुसार, गच्छदारले ३६ हजार ८० मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले ३५ हजार ५६१ मतका साथ उनलाई पछ्याइरहेकी छन् ।
सुनसरी–३ मा ८५ हजार १९७ मत खसेकोमा ७८ हजार ३९१ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुनसरीले जनाएको छ । अब त्यो क्षेत्रमा जम्मा छ हजार ८०६ मत गणना गर्न बाँकी रहेको छ ।