• काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालीको निर्वाचन जनताको अभिमतको क्रान्ती भएको बताएका छन् । नेपालमा जनताको हक अधिकारको खोजीका लागि कहिले शसस्त्र क्रान्ती,कहिले जनआन्दोलन भए पनि यसपालीको निर्वाचनमा जनताले क्रान्तीकै शैलीमा अभिमत प्रकट गरेको ओलीले बताए ।

    अध्यक्ष ओलीलाई निर्वाचनमा विजयको बधाई दिन आएको विभिन्न संघ,संस्थाका प्रतिनिधिहरुलाई  बुधबार आफ्नै निवास बालकोटमा सम्बोधन गर्दै ओलीले समृद्धि र विकासका लागि जनताले यसपालीको  निर्वाचनलाई अभिमत मार्फत गरेको क्रान्तीको संज्ञा दिए ।  वाम गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरेपनि विगतमा काँग्रेसले गरेजस्तो प्रतिपक्षीप्रति आफू क्रुर नहुने ओलीले बताए  । ‘काँग्रेसले बहुमत ल्याएका बेला एमालेसंग कुरा गर्नेहरुलाई पनि झुटा मुद्धा लगाएर फसाइएको थियो ’ ओलीले भने ‘ तर हामी त्यस्तो गर्दनौं । प्रतिपक्षीलाई पनि साथमा लिएर अगाडि बढ्छौं । ’

    चुनावका बेला प्रतिष्पर्धी भएकोले काँग्रेससँग केही घोचपेच भए पनि अब त्यो अध्याय सकिएको ओलीको भनाइ छ । अब देश निर्माणमा लाग्नु पर्ने भएकोले सबै शक्ति एकजुट भएर अघि बढ्नुको विकल्प नभएको ओलीले बताए  । ‘कुस्ती खेल्न मैदान गएपछि एक आपसमा मुक्का हानाहान हुन्छ । तर खेल सकिएपछि बाटामा हिडेका बेला मुक्का हानिदैन’ ओलीले भने ‘त्यसैले अब एमाले अन्य पार्टीसंग सहकार्य गरेर अघि बढ्छ । किनभने अब पाँचबर्षका लागि चुनावी प्रतिष्पर्धा सकियो ।’

    आगामी सरकार क्षमताहिन मानिस थोपर्ने ठाउँ नहुने ओलीले बताए ।  भ्रष्टाचार नियन्त्रण र लोकतन्त्रलाई जीवन पद्धतीको रुपमा अघि बढ्न निजामती कर्मचारीहरुलाई अध्यक्ष ओलीले आग्रह गरे । ‘तपाईंहरुबाट जनताले सुशासनको अपेक्षा राखेका छन्’ ओलीले भने ‘छिटो,छरितो र भ्रष्टाचारमुक्त सेवा दिएर जनतालाई सुशासनको अनुभुती दिनुहोस । ’

    यसैगरी बधाइ दिन आएको च्याम्बर अफ कमर्सको टोलीलाई अध्यक्ष ओलीले अबको नेपाल विकास र समृद्धिको यात्रामा अघि बढेकोले निजी क्षेत्रको भूमिका त्यसै अनुसार हुनुपर्ने बताए । उद्योगी व्यावसायीहरुलाई ढुक्क भएर उद्योग कलकारखानमा लगानी गर्न ओलीले सुझाव दिए। ‘अब हड्ताल र बन्दको युग सकियो’ ओलीले भने ‘अब उत्पादन,विकास र समृद्धिको युग सुरु भइसक्यो ।’

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…