• सुनसरी । विजय गच्छदारले यो चुनावको प्रतिनिधि सभा सदस्यमा ‘फिनिसिङ’ जित निकालेका छन्। देशभरका १ सय ६५ प्रतनिधि सभा सदस्यमध्ये अन्तिम विजेतामा गच्छदारको नाम चढ्यो। यो मतपरिणाम सँगै प्रतिनिधिसभा प्रत्यक्ष तर्फको मतगणना सकिएको छ।

    गच्छदारको जित सहज भने बनेन। मतगणनामा भएको विवाद र झमेलाले बीचमा गणना नै रोकियो। गच्छदारलाई धाँधली गरेको आरोप पनि लाग्यो।

    झिनो मतअन्तरको उनको जितले गच्छदार कांग्रेस उम्मेद्वार हुँदैन थे भने हार्ने रहेछन् भन्ने पनि देखायो। कांग्रेससँगको एकता उनका लागि फाप्यो। ३ सय २१ मत अन्तरले जितेका गच्छदारका लागि कांग्रेससँगको मिलन जितका लागि निर्णायक बन्यो।

    गच्छदार एक्लैका लागि हैन कांग्रेसका लागि पनि गच्छदार फापसिद्ध बन्यो। देशभर कमजोर रहेको कांग्रेसका लागि पनि गच्छदारको जितले राहत दिलायो। गच्छदारको जितसँगै नेपाली कांग्रेसले प्रत्यक्षतर्फ २३ सीट सुरक्षित गरेको छ।

    गच्छदार निरन्तर विजयी हुने सांसद मध्येका एक हुन्। लोकतान्त्रिक फोरमका अध्यक्ष रहेका गच्छदारले पार्टी नै कांग्रेसमा वलय गराएर चुनावमा उठेका थिए।

    सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसका विजयकुमार गच्छदार विजयी भएका हुन्। बुधबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार गच्छदारले एमाले उम्मेद्वार भगवती चौधरीलाई ३ सय २१ मतअन्तरले पराजित गरेका छन्।

    विजयी भएका गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरेका छन् भने उनका  प्रतिस्पर्धी नेकपा एमालेकी चौधरीको पक्षमा ३८ हजार ३ सय ५१ मत छ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…