•  

    बाम गठबन्धनले देशमा लोकतान्त्रिक गणतन्त्रलाई कार्यन्वयनमा ल्याउनको लागि भएको गणतान्त्रिक नेपालको पहिलो प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा देशमा विभिन्न नाममा छरिएर रहेका कम्युनिष्टहरुको बामपंथी गठबन्धन र लोकतान्त्रिक गठबन्धन , प्रदेश २ मा मधेसवादी दलहरु लगायत ३ शक्ति मिलेर अहिले समग्रमा देशभरीबाट बाम गठबन्धनको पुर्ण बहुमतको अपेक्षा सहित को उल्लासमय नतिजा आइरहदा प्रमुख दुई बामपंथी दलका शिर्ष नेताहरुलाई यो अवसरमा चुनैती पनि त्यतिकै देखिन्छ, कम्युनिष्ट पार्टीको झन्डा बोकेर संशोधित नेपालको परिप्रेक्ष्य र सुहाउदो मध्यमस्तरको कम्युनिष्ट पार्टी अन्तर्गत मदन भन्डारीको जबजको सिदान्त बोकेको एमाले र भैतिकबादी कम्युनिष्ट सिद्धान्त भएको माओबाद र पहिचानको मुद्दा लिएर सशस्त्र जनयुद्धबाट सम्सदिय ब्यबस्थामा आएको माओवादीका बीच राजनीतिक मुद्दाहरु निकै नै भिन्न र पृथक देखिन्छन ।

    यसैलाइ आधार मानेर जाने हो भने जनताको हितमा बामगठबन्धन हो या शिर्ष नेतृत्वको ब्यक्तीगत स्वार्थ र मोजमस्तीका लागि हो? आम जनतामा प्रश्न हुदाहुँदै आम जनताले यो शिर्ष नेतृत्वको लागि दिएको अवसर पनि हो।यसलाइ तपाईहरु उच्च नेतृत्वले पहल कदमीका साथ ग्रहण गर्नु नै हुने छ भन्ने पुर्ण बिस्वास मैले पनि लिएको छु।

    म आफैले जान्दा जान्दै देशमा ३ वटा व्यवस्थाका परिवर्तनहरु भइसके, तर बिडम्बना ………देशमा परिबर्तनको नाममा व्यवस्था र शासकहरुका नाम मात्रै परिवर्तन भए तर जनताको समस्या र पीडाहरुमा बदलाव आउन सकेन।तर यो पटकको परिबर्तन सिर्फ नाम र शासकमात्रै फेरिने नहोस। हामी व्यावहारमा परिबर्तन देख्न चाहन्छौं ।

    आजभन्दा केही दशक अगाडि नेपालले खाद्यान्न सहयोग गरेको दक्षिण कोरिया/ आज हाम्रा देश का जोसिला युवायुवतीहरुलाई काममा लगाउन सक्ने भैसक्यो,तिनै तन्नेरीहरुको बौद्दिक र शारीरिक परिपक्वतालाई छानिछानी आफ्नो देशमा कृषि र उद्योगको लागि लगिरहेको जनकारी मलाइ मात्र होइन तपाईं नेतृत्वमा रहनुभएका जिम्मेवार नेतागणहरुलाई पनि अवगतै होला कि ??

    श्रीलंका जस्तो त्यति लामो समय गृह युद्धमा फसेको देशको शिक्षा र स्वास्थ्यको राज्यले लिएको पहलकदमी र बङगलादेश जस्तो देशमा भएको वार्षिक आय जस्ता विषयहरुमा तपाइहरु पनि पक्कै अनभिज्ञ हुनुनुन्न होला।

    अदरणिय नेतृत्वगणका कमरेडहरु,
    अब यो जित तपाईंहरुको निजि र दलगत जीत नभई देश र जनताको जित साबित गर्नका लागि लागिपर्नु हुने नै छ भन्नेमा मा फेरी पनि पूर्णरुपमा आशावादी छु।यो जितसगै प्रवासमा बस्ने ६० लाख युवायुवातीहरु आफ्नो देशमा उद्यम ब्यबासाय र रोजगारिको अवसरको व्यग्र प्रतीक्षामा छन।

    आम नेपाली आफ्ना सन्तानसग आफ्नो परिवार पुर्ण भएर बस्न पाउने आशामा छन। त्यो आशालाई ननिमोठी देश र जनताका लागि परिबर्तनको सार्थकता गर्नु हुने नै छ भन्ने आत्मा देखिकै कमना मैले रातोकलम अनलाइन मार्फत तपाईहरु समक्ष पुर्याउने जमर्को गरे र तपाईहरुको नेतृत्वमा देशमा समृद्धि साक्षातकार भएको हेर्ने अपेक्षा गर्दै क्रान्तिकारी लालसलाम सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु।

    उनै एमाले अध्यक्ष केपि शर्मा ओलि ज्यु तथा माओवादी अध्यक्ष कमरेड पुस्पकमल दाहाल प्रचण्ड ज्यु समक्ष बामगठबन्धनको एतिहासिक जित जनताको रोजिरोटी र जनताले चाहेको परिबर्तनको लागि एउटा एतिहासिक माध्यम बनोस भन्दै
    प्रवासबाट मेरो यो सूक्ष्म सुझावलाई यहि अन्त: गर्दछु।धन्यवाद।
                                           -महालक्ष्मी ५ धनकुटा लेगुवा 
                                                        हाल: कतार

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …