• चैत २२, पथरी ।
    पिस ल्याम्प इन्टरनेशनल प्राइभेट लिमिटेडको आयोजनामा हुन गैरहेको लाइभ म्युजिकल कन्सर्टमा लाहुरे र भिटेन पथरी आउने भएका हुन । बैशाख ६ गते हुने कार्यक्रममा लाहुरे, भिटेनका अलावा रविन कङदङवा, उत्तम थापाको पनि प्रस्तुती रहने कार्यक्रम संयोजक अनुप योञ्जनले आज बिहिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
    नयाँ बर्ष २०७६ को अवसरमा पुर्वी मोरङ्गका संगितप्रेमी हरु युवाहरु लोकप्रिय गायकका आशिष राना र समीर घिसिङ को साथमा रम्न पाउने भएका छन ।
    अलाइभ फाउन्डेसन र सुनाखरी युवा क्लबको सह–आयोजनामा हुने कार्यक्रमको मुख्य प्रायोजन भने ट्युबोर्गले गरेको छ ।
    सामाजिक कार्यमा समेत सक्रिय रहदै आएको पिस ल्याम्प इन्टरनेशनलले यश कार्यक्रमबाट संकलन भएको रकमको केही प्रतिशत नेपाल मगर संघको भवन निर्माण, तामाङ्ग घेदुङको सांस्कृतिक भवन निर्माण, लागूऔषध बिरुद्ध अलाइभ फाउन्डेसनको गतिविधि र सुनाखरी युवा क्लबको सामाजिक गतिविधि संचालनमा समेत खर्च गरिने कार्यक्रम संयोजक योञ्जनले बताए ।
    १६ लाख रुपैयाँ खर्च अनुमान गरिएको सो कार्यक्रममा टिकटिङ पार्टनर ई सेवा रहेको आयोजकले जानकारी दिए। कार्यक्रमको टिकट ई सेवा मार्फत अनलाईन लिन सकिने र प्रत्यक्ष समेत लिन सकिने बताइएको छ।
    कार्यक्रममा युवाहरुमाँझ लोकप्रिय गायकहरुको प्रस्तुती रहने भएकोले दर्शकहरुको उपस्थिति उत्साहजनक हुनेमा आफू बिश्वस्त रहेको सह आयोजक रहेको अलाइभ फाउन्डेसनका अध्यक्ष बिपिन गुरुङ्गले बताए।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…