• आर पोखरेल, काठमान्डाँै ।
    नेपाली मौलिक लोकभाकाहरुको बजारमा आगमन भै रहेको अवस्थामा सामाजिक परिवेशलाई समेटेर तयार पारिएको मौलिक लोक भाकामा आधारित बास्तविक समाजको प्रतिनिधित्व गर्ने”शंख ” गीतको भिडियो बजारमा आएको छ । गीतमा गायक रिजन थापा मगर र गायिका देवि घर्ति मगरको आवाज रहेको छ । गीत सार्वजनिक भए सगैँ सर्वाधिक चर्चाको शिखरमा रहन सफल भएको छ ।
    अभाव र पिडामा रुमलिन बाध्य गरिवीको चपेटामा परेका आम नेपालीको बास्तविक भोगाई लाई समेटेर फरक तवरबाट गीत तयार पारिएको गायक रिजन ले बताए । गरिव भएकै कारण समाजले हेप्ने तितो यथार्थलाई गीतमा समेटिएको छ । प्रकाश सापकोटाको शब्द तथा रिजन थापा मगरको लय सिर्जना गीतमा रहेको छ । गीतको एरेन्ज यम थापा मगरले गरेका छन ।
    बासु बरालको छायाँकन , श्याम कुवँरको सम्पादन र देवेन्द्र पाण्डेको गीतमा भिडियो रहेको छ । गीतको भाव अनुसारको अभिनय प्रकाश सापकोटा , सिमा ढकाल , सावित्रा गुरुङ , खेम नेपाली धर्ति ,पाशा दाई , नवराज शर्मा , विशाल शर्माको साथमा बाल कलाकार क्रिस श्रेष्ठको अभिनय रहेको छ ।

    ”शंख ” गीतको भिडियो हेर्नुहोस ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…