दु:खी मान्छे तिमी आँसु पिएर मर्छु भन्छौ
आफ्नो खुशी अरु लाई दिएर मर्छु भन्छौ।
नसकुला खुशी दिन आफै दु:खी हुदाखेरी
खुशी लुटाइ सारा दु:ख लिएर मर्छु भन्छौ।
आशाका ती त्यान्द्रा हरु पलाउदा मनभरी
ध्वजा ध्वजा भाको मुटु सिएर मर्छु भन्छौ।
स्वार्थ लुटी होइन यहाँ आफै परिश्रम गरी
गरि काम पाल्छु ज्यान खिएर मर्छु भन्छौ।
पर्दैन सुख सयल झुपडीमा जिउला हामी
सारा जीवन तिम्रै लागि जिएर मर्छु भन्छौ।
कहिले काहीँ जवानीको नसा चढ्दा खेरी
केके हुन्छ थाहा छैन मात्तिएर मर्छु भन्छौ।
दुई दिनको चोला हाम्रो मरीलानु केनै छर
सधै तिम्रो अङ्गालोमा बाधिएर मर्छु भन्छौ।
हत्याहिंसा अत्याचार दुश्मनको सामु यहाँ
न्याय रुपी खम्बा सरी ठडिएर मर्छु भन्छौ।
उठाउदै आवाज हामी अन्यायको विरुद्धमा
समाजमा समृद्धिको धुन छरिएर मर्छु भन्छौ।