• २८ मंसिर, काठमाडौं

    प्रदेश २ को सरकार निर्माण रोचक हुने भएको छ । देशकै पहिलो, दोस्रो एवं तेस्रो शक्तिशाली दल प्रतिपक्षमा र चौथो एवं पाँचौं दलको नेतृत्वमा प्रदेश २ को सरकार बन्ने देखिएको हो । समानुपातिकमा वाम गठबन्धनकै अग्रता शीर्षक दिएर आज मुख्य समाचार लेखेको राजधानी दैनिकले प्रदेश २ को परिणामको समाचारलाई पनि उत्तिकै प्राथमिकताका साथ छापेको छ ।


    ‘गठबन्धन बनाएर निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका राजपा नेपाल र संघीय समाजवादी फोरमले यो प्रदेशमा सरकार गठन गर्न पुग्ने बहुमत ल्याएका छन्’, राजधानी दैनिक आफ्नो समाचारको अगाडि लेख्छ, ‘सरकार निर्माणका बेलासम्म उनीहरुको गठबन्धन नटुटे मधेसवादी दलको नेतृत्वमा सरकार बन्ने निश्चित छ ।’


    योसँगै अन्य ६ वटा प्रदेशमा स्पष्ट बहुमत ल्याएको एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबीच पार्टी एकीकरण नभए देशभरको प्रत्यक्ष निर्वाचनतर्फको परिणाममा तेस्रो भएको दल नेपाली कांग्रेस प्रदेश २ मा प्रमुख प्रतिपक्षी दल बन्ने समाचारमा उल्लेख छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …