• काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा दुवै म्यानचेस्टर विजयी भएका छन् ।




    बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम हट्सपर, लेस्टर सिटी र एभर्टन विजयी भएका छन् ।

    म्यानचेस्टर सिटीले स्वान्सी सिटीलाई ४–० ले हरायो । म्यानचेस्टरलाई विजयी गराउन डेभिड सिल्भाले २ तथा सर्जियो अगुएरो र केभिन डे ब्रायनले १–१ गोल गरे ।

    म्यानचेस्टर सिटीले लगातार १५ जित हासिल गर्ने कीर्तिमान पनि रचेको छ ।

    अर्को खेलमा म्यानचेस्टर युनाइटेडले बर्नमाउथलाई १–० ले हरायो । रोमेलु लुकाकुले निर्णायक गोल गरे ।

    टोटनह्याम हट्सपरले ब्राईटनलाई २–० ले, एभर्टनले न्युकासललाई १–० ले तथा लेष्टर सिटीले साउथह्याम्पटनलाई ४–१ ले हरायो ।

    आर्सनल र लिभरपुलले भने बराबरी खेलेका छन् । आर्सनललाई वेष्टह्याम युनाइटेडले र लिभरपुललाई वेष्टब्रोमले गोलरहित बराबरीमा रोकेको हो ।

    प्रिमियर लिगको अंक तालिकामा १७ खेलबाट ४९ अंक जोडेको म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ । ३८ अंक जोडेको म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ ।

    ३५ अंक जोडेको चेल्सी तेस्रो स्थानमा रहेको छ । टोटनह्याम, लिभरपुल र बर्नलेको समान ३१ अंक छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…