• ओछ्यानमा पसिना आउने गरी सेक्स गर्दा ठूलै व्यायाम गरेको अनुभूति हुन सक्छ । जोडीसँग गरिने यौन कार्यलाई दैनिक ३० मिनेटको व्यायाम भन्न मिल्ला र ? सेक्स र हस्तमैथुन आनन्ददायीमात्रै हुन सक्दैनन्, स्वास्थ्यका दृष्टिले फाइदाजनक हुन्छन् र व्यायामसंग तुलना पनि गर्न सकिन्छ ।

    वास्तवमा सेक्सका क्रममा हुने शारीरिक प्रतिक्रियाहरु व्यायामसंग मिल्दोजुल्दो हुन्छ । सन् १९६० मा गरिएको एक अध्ययनले पनि यौन प्रक्रियामा नियमित सहभागी हुने जोडीको श्वासप्रश्वास, मुटुको चाल र रक्त प्रबाहको दरमा वृद्धि भएको पाइएको थियो ।

    यस्तो स्वास्थ्य लाभ गर्न जोकोहीले पनि छुट्टै व्यायाम गर्नुपर्छ । ‘तर सेक्स गर्दा नै यो फाइदा मिल्छ भने किन सेक्सबाट यो फाइदा नलुट्ने ?’ केही विज्ञरुको तर्क छ ।

    पछिल्ला दिनमा यो अध्ययनको नतिजालाई वैज्ञानिकहरुले फेरि दोहो¥याएका छन् । यौन कार्यले मुटुको चाल तथा रक्तचापजस्ता शारीरिक तनाव वृद्धि गर्ने केही अनुसन्धानकर्ताले औल्याए । तर मनोवैज्ञानिक तनाबको तह अनियमित भएको पछि खुलासा भयो ।

    यौन गतिविधिको औसत समय (३३ मिनेट) न्यून तनाब तहमा खर्चिएको अध्ययनले देखाएको थियोे । क्यानडाका जोडीबीच गरिएको एउटा अध्ययनमा छोटो अवधिमा गरिने यौन गतिबिधि औसत व्यायाम, फटाफट हिडे बराबर हुने पत्ता लागेको थियो ।

    त्यसो भए यौन एउटा व्यायाम हो त ? विज्ञहरु भन्छन, यो व्यायाम हो र होइन पनि । यो तपाईंको व्यायामको परिभाषामा भर पर्छ । यदि तपाइको मनौविज्ञानलाई परिबर्तन गर्छ भने यो सेक्सको पाटो हो । तर व्यायामले मानिसको शारिरिक पक्रियामा हुने परिबर्तनलाई उत्तेजित गर्छ भने यो व्यायाम होइन । माशंपेशीजन्य स्वास्थ्य व्यक्तिको स्वास्थ्यको महत्वपूर्ण तत्व हो ।

    प्रतिरोधी तालिम र अन्य व्यायामबाट स्वस्थ मांसपेशी बनाउन सकिन्छ भन्नेबारेमा हामीलाई धेरै थाहा छ । तर के मांसपेशीय स्वास्थ्य परिवर्तन गर्न सेक्सले पर्याप्त व्यायाम प्रदान गर्छ त ? यसबारे अन्य अध्ययन हुदैछ । हस्तमैथुनबाट कत्तिको व्यायाम हुन्छ त ?

    यसले मुटुको चाल बढाउने र सिस्टोलिक रक्तचाप बढाउने उल्लेख गरिएको छ । तर सेक्समा जस्तो व्यायाम हस्तमैथुनबाट मिल्दैन । बरु यसलाई हल्का व्यायाम जस्तै हिडडुलसँग तुलना गर्न सकिन्छ । कतिपय अवस्थामा व्यायाम सेक्सका लागि पनि उपयोगी हुन्छ । एजेन्सी

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…